ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेकपाको यसरी हुँदै छ कार्यविभाजन, केन्द्रीय सदस्यहरूको कार्यविभाजनका लागि नियमावली प्रकाशन


एबीसी न्यूज
२५ श्रावण २०७५, शुक्रबार   ८ : १८   बजे

काठमाडौं, २५ साउन । नेकपाले केन्द्रीय सदस्यहरूको कार्यविभाजनका लागि नियमावली प्रकाशन गरिसकेको छ ।

४ सय ४१ सदस्यीय केन्द्रीय कमिटीका सबैलाई काममा खटाउने गरी तयार गरिएको नियमावलीअनुसार ३२ वटा केन्द्रीय विभाग बनाइएको छ ।

ती विभागको प्रमुख केन्द्रीय सदस्य हुनेछन् । सबैलाई जिम्मेवारी दिनका लागि कतिपय विभागमा उपप्रमुखको व्यवस्था पनि गर्ने तयारी छ । सचिवालयकै केही नेतालाई पनि विभागीय प्रमुखको जिम्मेवारी दिने तयारी छ ।

त्यस्तै, ७ प्रदेशको संयोजक र सहसंयोजक केन्द्रीय तहबाट स्थायी समिति या पोलिटब्युरो सदस्य भइसकेका प्रभावशाली नेतालाई दिने तयारी भएको एक नेताले बताए ।

यसैगरी, ७७ भूगोल जिल्ला, चार विशेष जिल्ला कमिटी, केन्द्रीय सम्पर्क समन्वय कमिटीअन्तर्गत ७ प्रदेश सम्पर्क कमिटी, प्रवास, प्रतिष्ठानमा केन्द्रीय सदस्यहरूलाई इन्चार्जका रूपमा जिम्मेवारी दिने तयारी छ ।

पार्टी एकीकरणको स्पिरिटअनुसार जिल्लामा पनि इन्चार्ज र सहइन्चार्जको व्यवस्था गर्ने गरी छलफल चलिरहेको एक सचिवालय सदस्यले बताए ।

त्यस्तै, मोर्चा फाँटअन्तर्गत २२ वटा जनवर्गीय संगठनमा पनि केन्द्रीय तहका नेतालाई इन्चार्जको जिम्मेवारीसहित खटाउने तयारी छ ।

आवश्यकताअनुसार महानगर र संघीय निर्वाचन क्षेत्रमा समेत केन्द्रीय तहका नेतालाई नै इन्चार्ज खटाउने कि नखटाउने विषयमा समेत परामर्श भइरहेको ती नेताले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group