ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इन्डोनेसियामा हराएको विमान दुर्घटनाग्रस्त भेटियो, आठ जनाको मृत्यु


bhawani desk
२७ श्रावण २०७५, आइतबार   १ : ५८   बजे

जकार्ता, २७ साउन ।  इन्डोनेसियामा शनिबार हराएको एक विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । साथै सो विमानमा सवार आठजना यात्रुको शव पनि भेटिएको समाचारमा जनाइएको छ ।

पूर्वी इन्डोनेसियाको पहाडी इलाकामा सो विमान आइतबार विहान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो ।

पूर्वी इन्डोनेसियाको एक दुर्गम पपुवा प्रान्ततर्फ जाँदै गरेको सो विमान शनिबार अपराह्नदेखि हराएको थियो । करिब ४० मिनेटको मात्र उडानका लागि विमान शनिबार अपराह्न उडेको थियो । तर उडेलगत्तै विमान सम्पर्कबिहीन भएको थियो ।

इन्डोनेसियाको ओक्सिबील उपजिल्लाको एक घना जङ्गल भएको पहाडमा विमान खसेको थियो । विमानका भग्नावशेषहरु भेटिएको र उद्धारको काम जारी रहेको सुरक्षा अधिकारीहरुले जानकारी दिएका छन् ।

तर सो विमानमा रहेका एकजना १२ वर्षीय यात्रु भने जीवितै रहेका एकजना सुरक्षा अधिकारीले जानकारी दिएका छन् ।

पपुवाका सैनिक प्रवक्ता लेफ्टिनेन्ट कर्णेल दाक्स सियान्तुरीले भन्नुभयो– हामी दुर्घटनाग्रस्त भएको जहाजको भग्नावशेषसम्म नै पुग्न सफल भएका छौँ, त्यस दुर्घटनाबाट आठजनाको ज्यान गएको छ भने एकजना यात्रु जीवितै उद्धार गर्न सकिएको छ ।

सो विमान दुर्घटनाको कारण पत्ता लागेको छैन । विमान दुर्घटना बारे अनुुसन्धान गर्न उड्डयन केन्द्रले एक अनुसन्धान समिति गठन गरेको छ ।

उक्त विमान एक निजी कम्पनीको रहेको थियो । त्यसमा सात जना यात्रु र दुई जना चालक दलका सदस्य रहेका थिए ।

उद्धारकर्ताहरु उक्त विमान खसेको स्थानमा पुग्न कम्तीमा पनि दुई घन्टा लागेको थियो । विमान खसेको स्थान देखेपछि पनि पहाडको निकै अप्ठेरोमा विमानका भग्नावशेष देखिएकोले त्यहाँ पुग्न पनि समय लागेको सैनिक अधिकारीले जनाएका छन् ।

इन्डोनेसियाको पपुवा प्रान्त निकै दुर्गममा रहेकोले त्यहाँ पुग्न नै कठिन हुने गर्दछ । उता इन्डोनेसियामा हवाई सुरक्षाको अवस्था निकै कमजोर रहेकोले बर्सेनि यहाँ हवाई दुर्घटनाबाट नागरिकको ज्यान जाने गरेको छ ।

सोही पपुवा क्षेत्रमा गत वर्षको जुलाइमा भएको एक सानो विमान दुर्घटनामा पर्दा पाँच जनाको ज्यान गएको थियो । त्यसैगरी सन् २०१५ को अगष्टमा पनि इन्डोनेसियामा भएको विमान दुर्घटनामा ५४ जनाको ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

नयाँ कायरोमा एकीकृत शहरी परियोजनाका लागि इजिप्ट र युएईबीच ३.१ अर्ब डलरको सम्झौता

इजरायली हवाई आक्रमणबाट लेबनानको नबातियेहमा व्यापक क्षति, राष्ट्र बैंकको भवन ध्वस्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group