ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यथाशीघ्र आर्थिक विकास र समृद्धि हासिल गर्नु वर्तमान सरकारको मुख्य लक्ष्यः प्रधानमन्त्री ओली


एबीसी न्यूज
२९ श्रावण २०७५, मंगलबार   ७ : ४३   बजे

काठमाडौँ, २९ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियताको प्रवद्र्धन, लोकतन्त्रको संस्थागत विकास, सामाजिक सहिष्णुता र समानताका आधारमा राष्ट्रिय एकताको सुदृढीकरण वर्तमान सरकारका प्रमुख प्राथमिकता भएको बताउनुभएको छ ।

नेपालको संविधानका सम्बन्धमा राजधानीमा आयोजित सम्मेलन समापन समारोहलाई सम्बोधन गर्दै उहाँले असमानता, भेदभाव र दमनको अन्त्य गरेर यथाशीघ्र आर्थिक विकास र समृद्धि हासिल गर्नु वर्तमान सरकारको मुख्य लक्ष्य भएको स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री ओलीले द्रुत विकास र समृद्धिका निम्ति सरकार सुशासन, जवाफदेहीता, पारदर्शीता, मितव्ययीता र भ्रष्टाचारलाई निर्मुल गर्नमा केन्द्रित रहेको उल्लेख गर्दै नयाँ संविधान घोषणाका निम्ति देशले व्यहोरेका उतारचढावको फेहरिस्त प्रस्तुत गर्नुभयो ।

संविधानका विशेषताबारे प्रष्ट पार्दै उहाँले राज्य संरचनामा महिलाको उपस्थितिको सुनिश्चिततालगायत संविधानका प्रावधानबारे जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीले स्थानीय, प्रान्तीय र सङ्घीय निर्वाचन सोही संविधानअनुरुप भएको र नेपालको संविधान पूर्णरुपमा कार्यान्वयनमा आएको बताउँदै नेपाल कम्युनिष्ट पार्टीलाई पहिलोपटक जनताले देशमा शासन गर्ने स्पष्ट जनादेश दिएको धारणा व्यक्त गर्नुभयो ।

संविधानको मर्म र भावनाअनुसार कार्यसम्पादन गर्नु आफ्नो प्रमुख दायित्व भएको बताउँदै उहाँले देशवासी र सबै राजनीतिक दलका नेतालाई राष्ट्र निर्माणमा सघाउन आग्रह गर्नुभयो ।

प्रधानमन्त्री ओलीले संविधानलाई पूर्णरुपमा कार्यान्वयन गर्न आवश्यक पर्ने ऐन कानून शीघ्रातिशीघ्र संसद्बाट अनुमोदन गराउनु, मौलिक अधिकारको पालना एवं कार्यान्वयन गर्नु, संविधानको भावनाअनुरुप केन्द्र र प्रदेशबीच सुमधुर सम्बन्ध कायम गर्नु, तीनवटै तहका सरकारको क्षमता अभिवृद्धि र प्राकृतिक तथा वित्तिय स्रोतको वितरणमा सुनिश्चितता गर्नु अहिलेको मुख्य काम भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “त्यसनिम्ति नेपाली उखान ‘ढुङ्गाको भर माटो र माटोको भर ढुङ्गो’ भने झैँ आपसी सहयोग दृष्टिकोण सवल नेतृत्व र लचिलोपन अपरिहार्य हुन्छ, हामीले अङ्गीकार गरेका आर्थिक नीतिले आर्थिक वृद्धिलाई मात्र बढावा नदिइ न्याय र समानतामा योगदान गर्र्दै समृद्धिको ढोका खोल्न सक्नुपर्छ र नेपाली माटोबाट गरिबी उन्मुलन गर्नुपर्छ ।”

प्रधानमन्त्री ओलीले नेपालको संविधान एउटा लचिलो दस्तवेज हो भन्दै सम्प्रभुता र प्रादेशिक अखण्डतामा आँच पुग्ने गरी संविधानको संशोधन एवं सुधार नहुने तथा जनभावनाअनुरुप मात्र त्यो संशोधन हुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भारतद्वारा बाढी प्रभावित नेपाललाई १० टन राहत सामग्री पठाइयो

भोटेकोशी बाढीले टिमुरेका बैंक शाखामा ठूलो क्षति, कर्मचारी उद्धार प्राथमिकतामा

सम्बन्धित

बैंक तथा वित्तीय संस्थाको निक्षेप र निजी क्षेत्रमा कर्जा प्रवाह बढ्यो

सर्लाहीका भूमिगत सिँचाइ प्रमुखसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा

एक सातापछि बत्ती बाल्ने तयारीको लाङटाङ खोला हाइड्रो बाढीले बगायो, ६० जना सम्पर्कविहीन

रसुवा बाढीले बैंकिङ क्षेत्र प्रभावित, ९ बैंकका शाखामा क्षति, २६ कर्मचारी सम्पर्कविहीन

विपद्मा सहयोग गर्न चाहनुहुन्छ? सरकारले सार्वजनिक गर्‍यो ९ बैंकका १५ खाता

जलविद्युत् क्षेत्रमा बाढीको असर : दुई आयोजनाका ७८ कर्मचारी र कामदार सम्पर्कविहीन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu