ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

धर्मगुरुद्वारा १ हजार बालबालिकामाथि यौन दुर्व्यवहार


bhawani desk
३१ श्रावण २०७५, बिहिबार   १० : ४४   बजे

एजेन्सी,३१ साउन । एकजना धर्मगुरुले सात वर्षीया बालिकालाई बलात्कार गरेका छन, भने, अर्का धर्मगुरुले नौ वर्षका बालकलाई मुखमैथुन गर्न बाध्य तुल्याए र ती बालकको मुख शुद्ध बनाउन पवित्र पानी छर्किए ।

अमेरिकाको पेन्सिलभेनियास्थित रोमन क्याथोलिक चर्चका करिब ३०० धर्मगुरुबाट पीडित यी केही प्रतिनिधि बालबालिका मात्र हुन् ।

संसारभर चर्चा पाएको र मङ्गलबार सार्वजनिक गरिएको यससम्बन्धी विस्तृत प्रतिवेदनले त्यस्ता १,००० घटना सार्वजनिक गरेको छ । यो प्रतिवेदनमा सन् १९४० को दशकयताका घटना विवरण समेटिएका छन् ।

पेन्सिलभेनिया राज्यको बृहत अनुसन्धान समिति ग्रान्ड जुरी० ले मङ्गलबार जारी गरेको प्रतिवेदनमा हाल वासिङ्टन डिसीका मुख्य पादरीले जानाजान उजूरीहरुलाई ढाकछोप गर्ने गरेको उल्लेख छ ।

यौन शोषणमा परेका बालबालिकाको वास्तविक संख्या अझ ठूलो हुने अनुमान गरिएको छ । कतिपय पीडितले घटना सार्वजनिक गर्न नरुचाएकोबताइएको छ ।
अमेरिकी गिर्जाघरमा दुव्र्यवहारका घटना दिनहुँ सार्वजनिक हुन थालेपछि सन् २००२ मा व्यापक सुधारका कार्यहरु अघि सारिएको थियो ।

पादरीहरुमाथि कानुनी कारबाही हुन सक्ने तथा बाल यौन शोषणमा संलग्न रहेका पादरीलाई त्यस्ता पदबाट हटाउने कडा नियम ल्याइयो । तर वृहत अनुसन्धान समितिले अझ बढी परिवर्तनको आवश्यकता औंल्याएको छ ।

केही संस्थागत सुधारका बाबजूद गिर्जाघरको नेतृत्वमाथि सार्वजनिक जवाफदेहीता थिएन,” वृहत अनुसन्धान समितिको ९०० पृष्ठ लामो प्रतिवेदनमा लेखिएको छ । “पादरीहरुले ससाना बालक र बालिकालाई बलात्कार गरिरहे, माथिल्ला पादरीहरुले यस्ता घटनामा संलग्नमाथि कारबाही गर्नुको साटो उल्टै उजूरी र गुनासा नै लुकाए, र घटनालाई ढाकछोप गरिदिए ।”

गिर्जाघरका उच्च पदाधिकारीहरु संरक्षित थिए र कतिपय नामै किटेर दिइएका व्यक्तिको पदोन्नति भयो, ग्रान्ड जुरीले भनेको छ । प्रतिवेदनको अन्त्यमा भनिएको छ, “रोमन ईसाइ गिर्जाघरका यौनकाण्ड सम्बन्धी घटनाको अध्ययन अहिल्यै बन्द गर्नु चाँडो हुनेछ ।”

प्रायः सबैजसो घटनामा, अनुसन्धाताहरुले मुद्दा चलाउन सकिने समय सीमा नाघेको पाएका छन् अर्थात् फौजदारी अभियोग दर्ता गर्न सकिन्न । एकसय भन्दा बढी धर्मगुरुहरुको मृत्यु भइसकेको छ । धेरै अरुहरु अवकाश भइसकेका छन् वा पादरीबाट बर्खास्त गरिएको छ वा विदामा बस्न बाध्य पारिएको छ । ग्रान्ड जुरीको अनुसन्धानको नतिजा स्वरुप केबल दुईजनालाई मात्र कारबाही गरिएको छ । प्रतिवेदनमा समेटिएका केहीमाथि कारबाही भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

पाकिस्तान र इरानद्वारा द्विपक्षीय सम्बन्ध सुदृढीकरण र क्षेत्रीय शान्तिका लागि प्रतिवद्धता व्यक्त

विश्वमञ्चमा अमेरिकाप्रतिको अस्ट्रेलियाली विश्वास ऐतिहासिक रूपमा घट्यो

एचआईभी विरुद्धको अभियानलाई तिब्रता दिन संयुक्त राष्ट्रसंघका महासचिवको आह्वान

हंगेरी शिखर सम्मेलनः भिसेग्राद समूहद्वारा क्षेत्रीय सहयोग र समन्वय सुदृढ गर्ने प्रतिवद्धता

इरानविरुद्ध सैन्य कारबाही गर्ने राष्ट्रपतिको अधिकारमाथि अङ्कुश लगाउने प्रश्ताव अमेरिकी सिनेटबाट पारित

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group