ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

समृद्ध नेपालको गोरेटो कोर्नुको विकल्प छैन : अध्यक्ष प्रचण्ड


एबीसी न्यूज
१ भदौ २०७५, शुक्रबार   ८ : १९   बजे


काठमाडौँ, १ भदौ ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पाँच वर्षभित्र समृद्ध नेपालको गोरेटो कोर्नुको विकल्प नभएको बताउनुभएको छ ।

नेपाल मण्डल पर्यटन नगरीले आज नेपाल कला परिषद्,बबर महलमा आयोजना गरेको नेपाल मण्डल पर्यटन महोत्सव तथा ‘टिस्टा, काँगडा नेपाल एकीकरण, वीर योद्धाको सम्मान र सम्झना’ विषयक राष्ट्रिय चित्रकला प्रदर्शनीको उद्घाटन गर्दै उहाँले सबै राजनीतिक शक्ति, नागरिक समाजको सहयात्रा, सहकार्य र एकताबिना ऐतिहासिक युग निर्माण गर्ने काम सम्भव नभएको बताउनुभयो ।

अध्यक्ष दाहालले भन्नुभयो, “तराई मधेश, पहाड र हिमाललाई एकापसमा जोड्ने तथा नयाँ सन्दर्भमा त्यसलाई सुदृढ गरी राजनीतिक उद्देश्यका निम्ति लामबद्ध गर्न र देश निर्माणको महान् अभियानमा फेरि एकचोटी सबैलाई एकताबद्ध गर्नु आजको ऐतिहासिक आवश्यकता हो ।”

वर्तमान सरकार जनताकै सरकार र जनताप्रति समर्पित भएको विश्वास दिलाउने ऐतिहासिक जिम्मेवारी वर्तमान नेतृत्वको काँधमा आएको बताउँदै अध्यक्ष दाहालले भन्नुभयो, “जनताको आकांक्षा सम्बोधन गर्न सरकारका कामकारवाहीबारे सच्याउने आँट गर्नुपर्छ ।”

धेरै अप्ठ्यारा र जटिलताका बीचबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना हुँदै जारी भएको संविधानमा समावेशी र समानुपातिक सिद्धान्तलाई आत्मसात् गरिएको उल्लेख गर्दै उहाँले ७० वर्षकोे इतिहासमा नेपालमा कुनै पनि सरकार पाँच वर्ष नटिकेको कटु अनुभवलाई चिर्दै स्थिर सरकार गठन गरी आर्थिक विकास र समृद्धितर्फ मुलुकलाई लैजाने उद्देश्यले वर्तमान सरकार गठन गरिएको बताउनुभयो ।

उपत्यका प्राकृतिकरुपले मात्र होइन, मानवीय सभ्यता र विज्ञान प्रविधिको प्रयोगको दृटिकोणले पनि विश्व मानचित्रमा फरक रहेको बताउँदै उहाँले उपत्यका वरिपरिको सुन्दर पहाडलाई मानवीय शक्तिले सजाउने काम बाँकी छ भन्नुभयो ।
चित्रकारिताकामार्फत गौरवपूर्ण नेपाली इतिहासका बारेमा गरिने यस्ता प्रदर्शनीले इतिहासप्रति गौरव र सम्मान गर्ने संस्कृतिको विकास भएको बताउँदै उहाँले भन्नुभयो, “नेपालको राजनीतिक परिवर्तनदेखि सामाजिक, सांस्कृतिक रुपान्तरणसम्मका विशिष्ट पक्षमा योगदान गरेका व्यक्तिमार्फत इतिहासलाई स्मरण गर्ने प्रयास सरहानीय छ ।”

कार्यक्रममा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले जनतामा क्रान्तिकारी भावना सिर्जना गर्न चित्रकारिताले सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले जनताको भावना प्रतिनिधित्व गर्ने, राजनीतिक उद्देश्य प्राप्तिका क्रममा जनताले गरेका बलिदानीको भावना झल्कने किसिमका चित्रकलाको प्रदर्शनी गर्न सुझावसमेत दिनुभयो ।
महिलानेत्री शान्ता श्रेष्ठले राजनीतिक आन्दोलनले उत्पीडित वर्ग, समुदायका जनतामा जागरण ल्याउँदै ग्रामीण दूरदजारमा बस्ने गरीब, अशिक्षित व्यक्तिले पनि आफ्नो अधिकारका लागि लड्नु पर्छ भन्ने मान्यता स्थापित गरेको बताउनुभयो ।

सो अवसरमा वाङ्मय शताब्दी पुरुष जोशीलाई कला संस्कृतिका क्षेत्रमा अमूल्य योगदान गर्नुभएको भन्दै अभिनन्दन गरिएको थियो । त्यस्तै वरिष्ठ पत्रकार भैरव रिसाल, जनगायक जेबी टुहुरे र जीवन शर्मा, महिला नेत्री शान्ता श्रेष्ठलगायतलाई सम्मान गरिएको थियो ।

आयोजक संस्थाका अध्यक्ष कृष्ण केसीले नेपालीको वीरतापूर्ण इतिहासलाई पुनःजागृत गर्ने उद्देश्यले राष्ट्रिय चित्रकला प्रदर्शनीको आयोजना गरिएको बताउनुभयो । उहाँले गोकर्णेश्वर र बूढानीलकण्ठ नगरपालिका क्षेत्रको सीमामा नेपालको कला, संस्कृति र इतिहास झल्कने ‘नेपाल मण्डल पर्यटन नगरी’को स्थापना गर्ने तयारी गरिएको जानकारी दिनुभयो । एक सातासम्म चल्ने प्रदर्शनीमा ३९ कलाकारका ५१ चित्र प्रदर्शनीमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भारतद्वारा बाढी प्रभावित नेपाललाई १० टन राहत सामग्री पठाइयो

भोटेकोशी बाढीले टिमुरेका बैंक शाखामा ठूलो क्षति, कर्मचारी उद्धार प्राथमिकतामा

सम्बन्धित

बैंक तथा वित्तीय संस्थाको निक्षेप र निजी क्षेत्रमा कर्जा प्रवाह बढ्यो

सर्लाहीका भूमिगत सिँचाइ प्रमुखसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा

एक सातापछि बत्ती बाल्ने तयारीको लाङटाङ खोला हाइड्रो बाढीले बगायो, ६० जना सम्पर्कविहीन

रसुवा बाढीले बैंकिङ क्षेत्र प्रभावित, ९ बैंकका शाखामा क्षति, २६ कर्मचारी सम्पर्कविहीन

विपद्मा सहयोग गर्न चाहनुहुन्छ? सरकारले सार्वजनिक गर्‍यो ९ बैंकका १५ खाता

जलविद्युत् क्षेत्रमा बाढीको असर : दुई आयोजनाका ७८ कर्मचारी र कामदार सम्पर्कविहीन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu