ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

६५ वर्षीय शाहीको , घर फर्कंदा न घर छ, न आफूलाई जीवनभर साथ दिने श्रीमती नै


एबीसी न्यूज
२ भदौ २०७५, शनिबार   ८ : ५६   बजे

बागलुङ, २ भदौ । अघिल्लो दिन गोठमा खर्च छाडेर घर फर्केकी श्रीमतीसँगको त्यो भेट नै मानबहादुर शाहीको जीवनमा अन्तिम बन्यो । बुधबार बिहान खसेको पहिरोले घर मात्र लगेन शाहीकी श्रीमती ६५ वर्षीया धनकुमारी र ३५ वर्षीया बुहारी डल्ली पनि संगै पुरिए । निसीखोला गाउँपालिका–३ घुमाउनेका ६५ वर्षीय शाहीको खुशी पहिरोले लुटेपछि अहिले उहाँको न साथ रह्यो, नत बास नै ।

शाही साताअघि मात्र गाईवस्तुसहित घरमाथिको गोठ जानुभएको थियो । घरमा श्रीमती, बुहारी र तीन वर्षीय नाति विनोद शाही थिए । भाग्यले विनोद भने बाँच्न सफल भएका छन् । गोठबाट घर फर्कंदा न घर छ, न आफूलाई जीवनभर साथ दिने श्रीमती नै । श्रीमती र बुहारीको वियोगले छट्पटाइरहनुभएका शाहीका आँखा अझै ओभाएका छैनन् । घर, भएको जायजेथा र अन्नपातसमेत पहिरोमा परेपछि शाहीको उठिबास भएको छ । माइलो भाइ खड्कबहादुरको घरमा मृतकका काजकिरीया भइरहेको छ ।

“गोठमा रहनुभएका श्रीमानलाई खर्च छोडी आलु ल्याएर मङ्गलबार घर फर्कनुभएको थियो,” धनकुमारीलाई सम्झदैँ छिमेकी जुनविक्रम शाहीले भन्नुभयो, “बुधबार बिहानै दुःखद् घटना भयो ।”
अवोध नाति लिएर भाइको घरमा बस्नुभएका शाहीको पुर्नबासको लागि तयारी भइरहेको वडाध्यक्ष समेत रहनुभएका उहाँले बताउनुभयो ।

“श्रमदान जुटाएर घर बनाइदिने योजना छ,” उहाँले भन्नुभयो, “जस्ता, फलाम र अन्य निर्माण सामग्रीको खाँचो छ ।’ अस्थायी प्रकृतिको भए पनि घर बनाएर शाहीको परिवारलाई पुनःस्थापित गर्ने सोच स्थानीयवासीको छ । जिल्ला विपद् व्यवस्थान समिति र गाउँपालिकाले राहत रकम प्रदान गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेल नेतृत्वको टोलीले घटनास्थलमै पुगी राहत रकम रु दुई लाख २० हजार र गाउँपालिकाले रु ७५ हजार उपलब्ध गराएको छ । थप राहत जुटाउन पहल गरिने गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले बताउनुभयो ।

“शाही परिवारमा परेको दुःख, पीडामा गाउँपालिका साथमा छ’’ उहाँले भन्नुभयो, “तत्कालीन राहत उपलब्ध भएको छ, दिर्घकालीन व्यवस्थापनमा पनि सघाउँछौं ।’’ वडा कार्यालय र गाउँपालिकाकाले विपद्मा परेका परिवारलाई सहयोग गर्न सबै पक्षसँग अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group