एजेन्सी, २ भदौ । संयुक्त राष्ट्रसंघका पूर्व महासचिव कोफी अन्नानको निधन भएको छ । उनको शनिबार ८० वर्षको उमेरमा निधन भएको हो।
उनी सन् १९९७ देखि २००७ सम्मका लागि दुई कार्यकाल उनी राष्ट्रसंघको महासचिव बनेका थिए । घानामा जन्मिएका उनले नोबेल शान्ति पुरस्कार समेत प्राप्त गरेका थिए।
राष्ट्रसंघले उनको निधनको पुष्टि गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । उनी राष्ट्रसंघकै करिअरबाट महासचिव बन्ने उनी पहिलो व्यक्ति हुन् ।
प्रतिक्रिया दिनुहोस्