ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

समुद्रमा नेपालको झण्डा फरफराएर हिँडेको पानीजहाज – प्रधानमन्त्री ओली


एबीसी न्यूज
२ भदौ २०७५, शनिबार   ७ : ४३   बजे

लहान, २ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकासको कायापलट गर्ने महान अभियानमा सरकार जुटेको बताउनुभएको छ ।
धनुषाको गणेशमान चारनाथ नगरपालिका–९ बरमझियामा आज आयोजित शहीद रामवृक्ष यादवको २४औँ स्मृतिसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “गरिबी, बेरोजगारी अन्त्य गरी मुलुकको कायापलट गर्ने योजनाका साथ सरकार अघि बढेको छ, पाँच वर्षभित्र मुलुकको स्वरुप फेरिनेछ ।” उहाँले सङ्घर्ष होइन, मुलुकको गरिबी हटाउन र समृद्धिमा जुट्न सबैसँग आग्रहसमेत गर्नुभयो ।

व्यावहारिकरुपमा मुलुकको गरिबी हटाउन सरकार दृढताका साथ अघि बढेको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री ओलीले आफ्नो कार्यकालमा प्रदेश नं २ मा समृद्धिका हरेक उपायलाई अवलम्बन गरिने बताउनुभयो ।
उहाँले प्रदेश नं २ मा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण, पूर्व–पश्चिम रेल्वे, काठमाडौँ तराई दु्रतमार्ग निर्माण, औद्योगिकग्राम स्थापना, धार्मिकस्थलको संरक्षण र विकास, मेडिकल कलेज र विश्वविद्यालयको स्थापना, सिँचाइका पूर्वाधारको विकास, कलकारखानाको स्थापनालगायतका विकास निर्माणका योजना विस्तारको गृहकार्य अगाडि बढाइएको जानकारीसमेत दिनुभयो ।

प्रधानमन्त्री ओलीले युवालाई वैदेशिक रोजगारीमा जान रोक्नका लागि आवश्यक रोजगारीका अवसर सिर्जना गरिने बताउँदै प्रदेश नं २ अन्य प्रदेशको तुलनामा सम्भावना बोकेको प्रदेश भएको हुँदा परिवर्तन ल्याउनका लागि अब बिलम्व गर्न नहुने बताउनुभयो ।

उहाँले प्रदेश नं २ ले कुल जिडिपीको १६.२ प्रतिशत योगदानमात्र पु¥याइरहेकामा यो प्रतिशत बढाउन सिँचाइ र कृषिको आधुनिकीकरण गरिने बताउनुभयो । उहाँले तराई–मधेश भएर बग्ने ठूलठूला नदी जस्तै कोशी–कमला डाइभर्सनलगायतका सिँचाइका आयोजना कार्यान्वयनतर्फ अग्रसर हुन आवश्यक रहेको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, “मधेशको उर्वरभूमिको सही सदुपयोग गर्न सक्नुपर्दछ, सहकारिताका माध्यमबाट यहाँ उत्पादन हुने अन्न तथा फलफूल विदेश निर्यात गर्न सकिए छिट्टै समृद्ध हुन्छ ।” कोशी नदीमा पानीजहाज चलाएर कलकताबाट समान ल्याउने सरकारको योजना रहेको उल्लेख गर्नहुुँदै उहाँले नेपालको झण्डा फरफराएर हिँडेको पानीजहाज समुद्रमा कुदेको नेपाली जनताले देख्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, “जनताले नेतृत्वका लागि जनमत दिएर आफूहरुलाई पठाएको हो, अब हाम्रो मुख्य काम भनेकै जनताको सेवा गर्नु हो, त्यसप्रति हामी प्रतिबद्ध छौँ ।” कुनै नेपाली जनता खानाविना र अपहेलित भएर बाँच्नु नपर्ने दाबी गर्नुहुँदै प्रधानमन्त्री ओलीले जनताले देखेको समृद्धिको सपना वर्तमान सरकारले पूरा गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

सुनकोशी र कमला नदीलाई डाइभर्सन गरी तराईको खेतीयोग्य जमीनमा सिँचाइ गर्ने र नपुगेका ठाउँमा सोलरपावरबाट सिँचाइ गरी उन्नत तरिकाले कृषि उत्पादन गर्ने सरकारको योजना रहेको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री ओलीले अबको दिनमा यो खण्डेखेती प्रणालीलाई विस्थापन गरी सहकारीको माध्यमबाट योजनाबद्ध खेती गरी उत्पादनमा वृद्धि गर्ने योजना सरकारले बनाएको बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group