ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री ओलीबाट आयुर्वेदिक चिकित्सालय भवन शिलान्यास


एबीसी न्यूज
६ भदौ २०७५, बुधबार   ४ : २६   बजे

दमक, ६  भाद्र ।  प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको कमल गाउँपालिका–७ मा निर्माण हुने आयुर्वेदिक चिकित्सालयको आज शिलान्यास गर्नुभएको छ ।

शहरी विकास मन्त्रालय, शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयबाट निर्माण हुनेसो चिकित्सालय ५० श्ययाको हुनेछ ।
प्रदेशस्तरीय सो आयुर्वेदिक चिकित्सालयमा दैनिक आकस्मिकसहित बहिरङ्ग सेवा, शल्यचिकित्सा कक्ष, सघन कक्ष, औषधालय, प्रयोगशाला सेवाजस्ता पूर्वाधार निर्माण हुने जनाइएको छ ।

चिकित्सालय भवन निर्माणका लागि त्यहाँका नौ दाताले संयुक्त रुपमा दुई बिघा जमीन निःशुल्क दिएका हुन् । प्रारम्भिक चरणमा घेराबेराका काम सम्पन्न भइसकेका छन् । डिभिजन कार्यालयका अनुसार करीब २२ महीनामा त्यहाँ सुविधासम्पन्न चिकित्सालय भवन निर्माण हुनेछ । भवन निर्माण पूरा गर्न रु १७ करोड २० लाख लाग्ने चिकित्सालयका रेखदेख समितिका संयोजक मणिकुमार भण्डारीले बताउनुभयो ।

निर्माणको जिम्मा पाएको दमकको रवीना खनाल जेभीका सञ्चालक प्रकाश केसीका अनुसार निर्धारित समयमा सम्झौतानुसार ७५ मिटर लम्बाइ र ४५ मिटर चौडाइको अढाइतले भवन निर्माण हुनेछ । प्रत्येक प्रदेशमा आयुर्वेद चिकित्सालय निर्माण गर्ने सरकारी योजनानुसार लखनपुरमा सुविधासम्पन्न चिकित्सालय बन्न लागेको र यसलाई आफूहरुले गाउँपालिकाको गौरवको योजनाका रुपमा लिएको गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भारतद्वारा बाढी प्रभावित नेपाललाई १० टन राहत सामग्री पठाइयो

भोटेकोशी बाढीले टिमुरेका बैंक शाखामा ठूलो क्षति, कर्मचारी उद्धार प्राथमिकतामा

सम्बन्धित

बैंक तथा वित्तीय संस्थाको निक्षेप र निजी क्षेत्रमा कर्जा प्रवाह बढ्यो

सर्लाहीका भूमिगत सिँचाइ प्रमुखसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा

एक सातापछि बत्ती बाल्ने तयारीको लाङटाङ खोला हाइड्रो बाढीले बगायो, ६० जना सम्पर्कविहीन

रसुवा बाढीले बैंकिङ क्षेत्र प्रभावित, ९ बैंकका शाखामा क्षति, २६ कर्मचारी सम्पर्कविहीन

विपद्मा सहयोग गर्न चाहनुहुन्छ? सरकारले सार्वजनिक गर्‍यो ९ बैंकका १५ खाता

जलविद्युत् क्षेत्रमा बाढीको असर : दुई आयोजनाका ७८ कर्मचारी र कामदार सम्पर्कविहीन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu