ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निर्मला बलात्कार प्रकरणः बम परिवारमाथि आक्रमणको प्रयास, दर्जनौं राउण्ड अश्रुग्यास प्रहार (भिडियो)


एबीसी न्यूज
६ भदौ २०७५, बुधबार   ६ : १८   बजे

भीमदत्तनगर,   ६  भाद्र ।  कञ्चनपुरको भीमदत्त नगरपालिकाकी बालिका निर्मला पन्तका बलात्कारी र हत्यारालाई कारवाहीको माग गर्दै आजपनि महेन्द्रनगर क्षेत्रका विद्यालयमा अध्ययनरत विद्यार्थी प्रदर्शनमा उत्रिएका छन् ।

प्रहरीले ‘नक्कली’ अभियुक्तलाई सार्वजनिक गरेर वास्तविक अपराधीलाई बचाउन खोजेको भन्दै स्थानीय सर्वसाधारणले गरिरहेको प्रदर्शनमा विद्यार्थी पनि सहभागी भइरहेका छन् । विद्यार्थीको प्रदर्शनमा प्रहरीले अश्रुग्यास प्रहार गरिरहेको छ ।

प्रहरीले उक्त घटनाको एकमात्र अभियुक्त भन्दै मानसिक रुपमा असन्तुलित दिलिपसिंह बिष्टलाई सार्वजनिक गरेपछि सुरु भएको आन्दोलन आज झन् उग्र भएको छ ।

बिहानबाट सुरु भएको आन्दोलन अहिले भगतपुर क्षेत्रमा केन्द्रित भएको छ । भगतपुरमा निर्मला पढ्न गएको भनिएको रोशनी बमको घर रहेको छ ।

आन्दोलनकारीले निर्मला पढ्न गएको बम दिदीबहिनीको घरमा आक्रमणको प्रयास गरिरहेका बताइएको छ । प्रहरीले आन्दोलनकारीलाई तितरबितर गर्न दर्जनौं राउण्ड अश्रुग्यास प्रहार गरेको छ । बमको घरभन्दा तीन सय मिटर टाढासम्म हजारौं आन्दोलनकारी एकीकृत भएका छन् । उनीहरुले प्रहरीमाथि ढुंगा बर्साइरहेका छन् ।

स्थानीय दैनिक मानसखण्डका अनुसार यसअघि बिहानैदेखि आन्दोलनकारी बजारका चोक–चोकमा भेला भएर टायर बाल्दै प्रदर्शन गरेका थिए । उनीहरुले जिल्ला प्रशासन कार्यालय, सीडीओ निवास, वडा प्रहरी कार्यालयले घेराउ गरेका थिए ।

आज दोस्रो दिन पनि व्यापारी, उद्यमी स्वस्फूर्त बन्दमा उत्रिका छन् । सार्वजनिक यातायात पनि ठप्प छ । विद्यालय, सरकारी कार्यालय र बैंक पनि खुलेका छैनन् ।

गाउँ–गाउँबाट आएका आन्दोलनकारी नेतृत्वविहीन छन् । समूह–समूहमा बाँडिएका उनीहरु आ–आफ्नै तरिकाले आन्दोलनरत छन् ।

आन्दोलनकारी नेतृत्वविहीन हुँदा प्रमुख जिल्ला अधिकारीलाई वार्ता गर्न र समाधान खोज्न समेत समस्या भएको छ । सीडीओ कुमारबहादुर खड्काले आन्दोलनको नेतृत्व नहुँदा परिस्थिति नियन्त्रणबाहिर गएको स्वीकार गरेका छन् ।

आन्दोलनकारीले एसपी डिल्लीराज विष्ट र डीएसपी ज्ञानबहादुर सेटीलाई निलम्बन गरी सीआइबीको टोली तत्काल फिर्ता बोलाउन नाराजुलुस मार्फत माग गरिरहेका छन् ।

http://www.abcnepal.tv/wp-content/uploads/2018/08/Nirmala-protest.mp4

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group