ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

करेन्ट लागेर एकको मृत्यु, दुई जना घाइते


एबीसी न्यूज
७ भदौ २०७५, बिहिबार   ११ : ०७   बजे

नुवाकोट, ७ भाद्र । जिल्लाको लिखु गाउँपालिका–१ शान्तिबजारमा करेन्ट लागेर एकको मृत्यु भएको छ । सो घटनामा अन्य दुई घाइते भएका छन् ।

आज बिहान साढे ६ बजे विजुलीको पोल ढल्केर लत्रिएको तारमुनिबाट हिँड्ने क्रममा करेन्ट लागेर बेहोस हुनुभएकी लिखु–१ शान्ति बजारकी २३ वर्षीया तुलसा अधिकारीलाई उपचारका लागि विदुर ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सोही करेन्टमा परेर लिखु–१ शान्ति बजारकै ५५ वर्षीय लालप्रसाद लामिछाने र आफन्तको घरमा आएकी बेलकोटगढी नपा–१२ मदानपुरकी १९ वर्षीया सदीक्षा पौडेल घाइते भएका र उनीहरूलाई विदुरस्थित नुवाकोट सिटी अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि काठमाडौंँ पठाइएको छ ।

गए राति बाढीले जमीन कटान गरेकाले खोला छेउमा गाडिएको ३३ केबी प्रसारण लाइनको पोल मानिस हिँड्ने बाटोतर्फ ढल्किएर लत्रिएको सोही वडाका वडाध्यक्ष नरहरि पाण्डेले बताउनुभयो । सुरक्षित स्थानमा पोल नगाडिएको कारण यो दुर्घटना भएको उहाँको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

गण्डकी सरकारबाट एमालेमन्त्रीहरूको राजीनामा रोकियो

राष्ट्रिय सभामा महिला समन्वय समिति गठन, रेणु चन्द संयोजक

सम्बन्धित

वकिलले सर्वोच्चको छतबाट हामफाल्न खोजे, सकुशल उद्धार

आप्रवासी श्रमिकको हित सुदृढ गर्न एनआरएनए र आईएलओबीच छलफल

‘अदालत सेटिङ’को आरोपप्रति कांग्रेस नेता दीपक खड्काको आपत्ति

नाडा अटो शोमा अवतार ०७ सार्वजनिक, मूल्य २ करोड २० लाखदेखि

नाडा अटो शोमा सवारी कर्जाको अफर, बैंकहरूले ५.१७ प्रतिशतदेखि ब्याजदर ल्याए

सप्तरीमा दुई वर्षीया बालिकाको हत्या, कान्छी आमा पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu