ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अफगानिस्तानका मन्त्री र गुप्तचर प्रमुखको राजीनामा अस्वीकृत


एबीसी न्यूज
१० भदौ २०७५, आइतबार   ४ : ३६   बजे

एजेन्सी,१० भाद्र । अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले गृहमन्त्री, रक्षामन्त्री र गुप्तचर निकायका प्रमुखले दिएको राजीनामा आइतबार अस्वीकृत गर्नुभएको छ ।

मुलुकमा पछिल्लो समय छापामार आक्रमण बढेसँगै सरकारको व्यापक आलोचना भइरहेको बेला उनीहरुले राजीनामा दिएका थिए ।

शनिबार राजीनामा दिनेहरुमा रक्षामन्त्री तारिक शाह बाहरामी, गृहमन्त्री वाइस अहमद बार्माक र गुप्तचर प्रमुख मसूम स्टानेक्जाई रहनुभएको छ । राष्ट्रपति घानीले उहाँहरुलाई आफ्नो जिम्मेवारी पूर्ववत रुपमा सम्हाल्न आग्रह गर्नुभएको छ ।

“राष्ट्रपति घानीले उहाँहरुको राजीनामा स्वीकृत गर्नुभएको छैन, बरु सुरक्षाको अवस्थामा सुधार गर्न सुझाव दिनुभएको छ,” राष्ट्रपतिको कार्यालयको वक्तव्यमा उल्लेख गरिएको छ ।

अफगानिस्तानमा आउँदो अक्टोबरमा हुनेगरी तय भएको संसदीय निर्वाचन अघि राष्ट्रपति घानीका शाक्तिशाली राष्ट्रिय सुरक्षा सल्लाहकार मोहमद हनिफ अत्मारले पनि अघिल्लो शनिबार राजीनामा दिएपछि सरकारमाथि सङ्कट बढेको छ ।

विद्रोहीलाई नियन्त्रण गर्न नसकेको भन्दै अफगानिस्तानभित्रै पछिल्लो समय घानी प्रशासनको व्यापक रुपमा आलोचना बढ्दै गइरहेको छ ।

तालिवान लडाकूहरुले देशभरका विभिन्न प्रहरी तथा सुरक्षा निकायमाथि आक्रमण तिब्र बनाएका छन् भने इस्लामिक स्टेट (आइएस) समूहले राजधानी काबुललाई लक्षित गरेका छन् ।

अफगानिस्तानमा यही महिना मात्रै पनि शृंखलाबद्ध रुपमा असाधारण हिंसात्मक घटनाहरु धेरै भएका थिए ।

तालिबानले राजधानी काबुलबाट दुई घण्टाको मोटर यात्रामा पुग्न सकिने घाज्नीमा भिषण हमला गरेको थियो । स्थानीय अधिकारीहरुले तालिबानको सम्भावित हमलाबारे पटकपटक काबुललाई जानकारी गराउँदा पनि सहयोग नपाएको यहाँको सरकारी फौज निरीह बनेको थियो ।

मन्त्री र गुप्तचर प्रमुखको राजीनामा राष्ट्रपति घानीले तालिवानसँग निःशर्त तीन महिने युद्धबिरामको आह्वान गरेको एक हप्तापछि आएको हो । घानीको सो आह्वानलाई भने अमेरिका र नेटोले १७ बर्षसम्मको द्वन्द्व अन्त्यका लागि महत्वपूर्ण कदम भन्दै स्वागत गरेका थिए ।

घानीको आह्वानका बारेमा तालिवान लडाकूको तर्फबाट भने औपचारिक रुपमा कुनै प्रतिक्रिया आएको छैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुरूङको उद्धारका लागि भारतीय टोली परिचालन भयो, चीनको आउँदैछ : परराष्ट्रमन्त्री

त्रिशूली–३ ‘ए’ सुरुङमा फसेकाको उद्धारमा महत्वपूर्ण प्रगति, माथिल्लो भागमा प्वाल बनाएर हावा पठाउन सुरु

सम्बन्धित

नेपालमा फसेका भारतीयको उद्धार तीव्र बनाउन मोदीलाई खड्गेको आग्रह

ल्हेन्दे–भोटेकोशी विपत्तिको कारण उच्च हिमाली क्षेत्रमा हिमनदी भत्किनु : चीन

नेपालले भारत र चीनसँग माग्यो ४२ वटा बेलिब्रिज

चीनले नेपालमा आपत्कालीन सहायता र अन्तर्राष्ट्रिय उद्धार सहकार्य गर्ने

नेपालका लागि बार्सिलोना र एथ्लेटिक क्लबको ऐक्यबद्धता, खेलअघि एक मिनेट मौनधारण

नर्वेका राजा हेराल्ड पाँचौँको ८९ वर्षको उमेरमा निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu