काठमाडौं, १८ भाद्र । म्यानमारको एक अदालतले देशको गोपनियता ऐनको उल्लंघन गरेको मुद्दामा २ जना पत्रकारलाई ७ वर्ष जेल सजाय तोकेको छ।
सोमबार अदालतले समाचार संस्था रोयटर्सका पत्रकारहरू वा लोन र क्याव सोए उलाई ऐनको दफा ३।१ को उल्लंघन गरेकोमा दोषी ठहर गर्दै कैदको फैसला सुनाएको हो। यी दुई पत्रकारले १० लाख रोहिंग्या मारिएको राखिने प्रान्तमा अनुसन्धानात्मक रिपोर्टिङ गरेका थिए।
त्यसपछि एक जना प्रहरी अधिकारीले उनीहरूलाई रातीको खाना खान बोलाएका थिए। त्यहीँबाट उनीहरूलाई हिरासतमा लिइएको थियो।
उनीहरूलाई गत डिसेम्बर १२ देखि नै जेलमा राखिएको थियो।
प्रतिक्रिया दिनुहोस्