ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रोनाल्डो, सलाह र मोड्रिच फिफा सर्वोत्कृष्ट खेलाडीमा मनोनीत, मेस्सी हिस्स


bhawani desk
२० भदौ २०७५, बुधबार   ५ : ४८   बजे

 लन्डन, २० भाद्र । प्रतिभावान फुटबल खेलाडी क्रिस्टियँनो रोनाल्डोको नाम लुका मोड्रिच र मोहम्मद सलाहको नामसँगै फिफा वर्ष खेलाडीको उपाधीका लागि छनोट हुँदा उनका चीर प्रतिद्वन्द्वी लियोनेल मेस्सीको नाम भने एक दशक यता पहिलो पटक छुटेको छ ।

यस उपाधीमाथि मेस्सी र रोनाल्डोले पछिल्लो दशकमा एकछत्र राज गर्दै आएकोमा बार्सिलोनाका यी नामुद खेलाडी मेस्सीको नाम भने सन् २००६ यता पहिलो पटक अन्तिम तीनको सूचीमा छैन ।

पाँच पटक सो उपाधी चुमेका मेस्सी सन् २००८, २०१३, २०१४, २०१६ र २०१७ मा रोनाल्डोले उपाधी हात पार्दा उपविजेता रहेका थिए ।

गत जुलाइमा इटालियन क्लब युभेन्ट्स जानुअघि रियल म्याड्रिडका नौ वर्षे बसाइमा पाँच वर्ष बीचमा चार पटक युरोपको प्रतिष्ठित च्याम्पियन्स लिग जिताएर रोनाल्डोले आफ्नो गौरवगाथा शिखरमा पु¥याएका थिए । आउँदो सेप्टेम्बर २४ मा उनी छैटौँ पटक पनि फिफा सर्वोत्कृष्ट खेलाडीका रुपमा छानिए भने पक्कै पनि उत्कृष्टताको दौडमा उनले मेस्सीलाई पछाडि छाड्ने छन् ।

मेस्सी–रोनाल्डो आधिपत्यको अन्त्य ?

आफ्नो क्लब तथा देशका लागि उत्कृष्ट प्रदर्शन गरेका रोनाल्डोको पुरानो क्लब रियल म्याड्रिडका खेलाडी लुका मोड्रिचले उपाधी चुम्ने धेरैको अनुमान छ । सो उपाधिका लागि १० वर्ष यताको पहिलो नयाँ नामको रुपमा मोड्रिचलाई लिइएको छ । रियल म्याड्रिडलाई च्याम्पियन्स लिग उपाधी दिलाउन उल्लेख्य योगदान दिएका यी क्रोएसियाली मिडफिल्डरले सन् २०१८ को विश्वकप सेमिफाइनलमा क्रोएसिया उपविजेता बन्दा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएर ’गोल्डेन बल’ पनि प्राप्त गरेका थिए ।

म्यान्चेस्टर युनाइटेड तथा डेनमार्कका पूर्व गोलरक्षक पिटर स्माइकलले फिफा दूतको रुपमा आफ्नो भूमिका निर्वाह गर्दै भने, “मलाई वास्तवमै मोड्रिचले जितून् भन्ने छ किनभने विश्वकपमा उनले जुन कौशल देखाए, त्यो साँच्चै विशिष्ट थियो ।”

“हामीले देखेजानेका उनी रियल म्याड्रिडका शान्त खेलाडी हुन् तर यो विश्वकपमा उनमा हामीले तेजश्वी नेतृत्वको गुण पायौँ । उनले कप्तानको कालो पट्टा पाखुरामा लाएका थिए, अग्रभागबाट खेलको नेतृत्व सम्हालेका थिए अनि प्रतिद्वन्द्वीलाई रोक्न बढ्ने पहिलो व्यक्ति पनि उनै थिए । हामीले लुका मोड्रिचको त्यो रुप देख्यौँ जुन पहिला कहिल्यै देखेका थिएनौँ ।”

लिभरपुलका लागि गत सिजनमा मोहम्मद सलाहको ४४ गोलको अद्भूत प्रदर्शनले उनलाई मेस्सी तथा २०१८ विश्वकपका फ्रान्सेली नायकहरु किलियान एम्बाप्पे एवम् एन्टोइन ग्रिज्म्यानलाई पछि पारेर उत्कृष्ट तीनमा पार्न सफल बनाएको हो । यी इजिप्सियन खेलाडीले किभमा आफू चोटग्रस्त हुनुअघि आफ्नो क्लब लिभरपुललाई च्याम्पियन्स लिग फाइनलमा रियल म्याड्रिडका विरुद्ध उभ्याउन सफल भएका थिए । त्यही चोटका कारण विश्वकपमा उनको भूमिका सीमित भएको थियो ।

सर्वोत्कृष्ट खेलाडीको दौडमा फ्रान्सेली खेलाडीहरु नभए पनि सर्वोत्कृष्ट प्रशिक्षकका लागि भने अन्तिम तीनमा दुई फ्रान्सेली — २०१८ को विश्वकप विजेता टोलीका प्रबन्धक डिडिअर डेस्च्याम्प र रियल म्याड्रिडका पूर्व कप्तान जिनेदिन जिदान — क्रोएसियाका ज्लाट्को डालिचसँगै छनोटमा परेका छन् । डालिचको क्रोएसिया २०१८ विश्वकपमा चमत्कारिक उदय गर्दै उपविजेता रहन सफल भएको थियो भने डेस्च्याम्प ती तीन कीर्तिमानी हुन् जो विश्वकप खेलाडी तथा प्रशिक्षक दुवै हात पार्न सफल भएका छन् । उता जिदानले भने यही मे महिनामा आफ्नो पद त्याग्नुअघि रियल म्याड्रिडलाई लगातार तीन पटक च्याम्पियन्स लिग उपाधी दिलाउन सफल भएका थिए ।

सर्वोत्कृष्ट गोलरक्षक उपाधीको भिडन्तमा भने टोटेनह्याम क्लबका फ्रान्सेली खेलाडी ह्युगो लरिस, डेनमार्कका क्यास्पर स्माइकल (पिटर स्माइकलका छोरा) तथा बेल्जियमका थिबट कोर्टो (जसको २०१८ विश्वकपको खेल कौशलले उनलाई रियल म्याड्रिडमा स्थान दिलायो) छन् ।

सर्वोत्कृष्ट गोलका लागि दिइने पुस्कास पुरस्कारका लागि मनोनयनमा परेका खेलाडीमा रोनाल्डो तथा मेस्सीसँगै ग्यारेथ बेल पनि रहेका छन् ।

सर्वोत्कृष्ट महिला खेलाडीका लागि भने लियोन क्लबकी नर्वेली स्ट्राइकर अडा हेगेर्बर्ग, जर्मन मिडफिल्डर जेनिफर मरोजान र पाँच पटककी पूर्व विजेता ब्राजिलकी मार्टा छनोटमा परेका छन् ।

लियोनका रेनोल्ड पेड्रो, जापानका आसाको ताकाकुरा तथा नेदरल्यान्ड्सका सरिना विग्मन महिला टोलीका सर्वोत्कृष्ट प्रशिक्षकका लागि अन्तिम तीनमा मनोनित भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

पाकिस्तान र इरानद्वारा द्विपक्षीय सम्बन्ध सुदृढीकरण र क्षेत्रीय शान्तिका लागि प्रतिवद्धता व्यक्त

विश्वमञ्चमा अमेरिकाप्रतिको अस्ट्रेलियाली विश्वास ऐतिहासिक रूपमा घट्यो

एचआईभी विरुद्धको अभियानलाई तिब्रता दिन संयुक्त राष्ट्रसंघका महासचिवको आह्वान

हंगेरी शिखर सम्मेलनः भिसेग्राद समूहद्वारा क्षेत्रीय सहयोग र समन्वय सुदृढ गर्ने प्रतिवद्धता

इरानविरुद्ध सैन्य कारबाही गर्ने राष्ट्रपतिको अधिकारमाथि अङ्कुश लगाउने प्रश्ताव अमेरिकी सिनेटबाट पारित

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group