ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रोज कन्सर्टः कोहि बेहोस्, कसैले प्रहरी माथि नै हातपात


एबीसी न्यूज
२१ भदौ २०७५, बिहिबार   १२ : ०३   बजे

काठमाडौं,२१ भाद्र । अहिले अधिकांश नेपाली चलचित्रहरुले प्रमोशनका धेरै फण्डा अपनाइरहेका छन् । विभिन्न उपहार, रिचार्ज, विदेश भ्रमणको अवसर, यस्तै गरी देशव्यापी कन्सर्ट लगायतका तरिकाबाट चलचित्रको प्रमोशन गरिरहेको पाइन्छ ।

यसबीच आउँदो शुक्रबारबाट पनि ठुला मानिएका दुई चलचित्र प्रदर्शनमा आउँदैछन् । ‘रोज’ र ‘रामकहानी’ यहि शुक्रबारबाट एकै साथ प्रदर्शनमा आउने तयारीमा रहेका छन् ।

बुधबारमात्रै चलचित्र रोजले देशब्यापी कन्सर्ट सकाएको छ । एकसाता अघि पोखराबाट शुरुभएको कन्सर्ट मोफसलमा दमकमा सकिएको थियो भने काठमाडौंमा गोंगबु र लगनखेलमा कन्सर्ट गरिएको थियो ।

रोज टिमले बुधबार गोंगबुस्थित बिएसआर फिल्म हल अगाडी कन्सर्टको आयोजना ग¥यो । थुप्रै दर्शक कन्सर्ट हेर्न पुगेका थिए । बिशेष गरी रोजका नायक प्रदीप खड्काका युवाफ्यान भएकै कारण युवादर्शक बढी देखिन्थे, त्यसमाथि पनि युवती अझ बढी ।

चलचित्रका नायक प्रदीप खड्का, नायिकाद्धय मिरुना मगर, परमिता आरएल राणा, गायक प्रताप दास, हाँस्य कलाकार दिनेश काफ्ले, नवगायिका प्रज्ञा श्रेष्ठ लगायतको टिम कन्सर्टमा सामेल भएका थिए । शुरुमा प्रतापले गीत गाउँदै गर्दा माहोल तातिएको थियो । जब नायक प्रदीप खड्का स्टेजमा उत्रिए युवायुवतीले उधुम मच्चाउन थाले ।

प्रदीपले चलचित्र बारे स्टेजबाटै जानकारी दिदै थिए । युवतीहरु स्टेज तलबाट निकै हुटिङ गरिरहेका थिए । त्यसैबिच धेरै बेर अघि देखि घाममा निकै चिच्याईरहेकी एक युवती बेहोस् भइन् । रोजकै स्वयमसेवक र अन्यले उनलाई स्टेजको छेउ लगे र केहिबेर पछि होस् आयो ।

यस्तै एक युवाले प्रदीपको नजिक जान नदिएको भन्दै प्रहरी माथि नै हातपात गरे । हातपात गरेकै कारण प्रहरीले भ्यानमा राखेर चौकी पु¥यायो । यस्तै एक युवती जबरजस्ती गर्दै स्टेजमै आएर प्रदीपलाई बेस्सरी अंगालीन्, र निकै रोइन् । यस्ता थुप्रै फ्यानहरु गोंगबुको कन्सर्टमा देखियो । चलचित्रको प्रचारकालागी हिडिरहेको टिमले धेरै ठाउँमा यस्ता घटना बेहोर्दै हिडेको छ ।

यस बिषयमा नायक प्रदीपले भने दर्शकले आफूलाई भेट्दा खोज्दा सकेसम्म धेरे समय दिने गरेको बताउँछन् । ‘मैले मिलेसम्म धेरे समय दिने गरेको छु, म सँग एउटा तस्बिरमात्र भएर खिचाउँछु भनेर धेरेबेर देखी कुर्ने गर्नुहुन्छ, मैले इन्कार गरेभने उहाँहरुको मन दुख्छ त्यो बुझेको छु,’ प्रदीपले भने ।

प्रदीपले देशब्यापी कन्सर्टमा जादा पनि काठमाडौंमा जस्तै थुप्रै फ्यान दर्शक भेटेको बताए । उनले मोफसलका ६ शहरमा कन्सर्ट सकेर काठमाडौंमा अन्तिममा कन्सर्ट गरिएको बताए । टिमसँगै चलचित्रका प्रोडक्सन म्यानेजर बुद्धिलाल मगरपनि सँगै थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना : १९ जना घाइते

सम्बन्धित

विश्वकपको फाइनलमा अर्जेन्टिना: मेस्सीको जादुले इंग्ल्याण्डलाई हराउँदै उपाधिको नजिक (तस्बिर)

एल्गोरिदमको लतबाट मुक्ति पाउने मेरो ‘लो-फाई’ उपाय

मित्रराष्ट्रसँगको सम्बन्धमा असर पर्ने फिल्मलाई प्रदर्शन अनुमति नदिने सरकारको निर्णय

इन्स्टाग्राममा बाल यौन दुर्व्यवहार सामग्रीको विज्ञापन! बीबीसीको अनुसन्धानपछि मेटामाथि गम्भीर प्रश्न

प्रधानमन्त्रीको धार्मिक झुकावपछि सेनापतिको अध्यात्म मोह चर्चामा, परम्परा कि नयाँ संकेत ?

एआई पपुलिज्म को उदय: तर कोही पनि तयार छैनन्! :न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu