ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतमा नेपाली कामदारले भोग्दैका समस्या चाँडै समाधान हुन्छन् – प्रचण्ड


एबीसी न्यूज
२२ भदौ २०७५, शुक्रबार   १० : ४९   बजे

काठमाडौं, २२ भाद्र । भारत भ्रमणमा रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले भारतमा काम गर्ने नेपालका समस्या चाँडै समाधान हुने बताएका छन् ।
भारत भ्रमणका क्रममा आज नेपाली राजदुतावासमा अखिल भारत नेपाली एकता मञ्च र प्रवासी नेपालीसंघका प्रतिनिधिसँगको छलफलमा प्रचण्डले भने, ‘भारतमा काम गर्ने तल्लो तहका कामदारदेखि स्वतन्त्र तरिकाले व्यवसाय सञ्चालन गर्ने नेपाली कामदारका विषयमा डिनर मिटिङमा यहाँका राष्ट्रिय सुरक्षा सल्लाहाकार अजित डोबलसँग कुराकानी भएको छ ।’

पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले अहिले दुवै देशमा बहुमतको सरकार रहेकाले भारतमा नेपाली कामदारले भोग्दैका समस्या समाधान हुने आश्वासन दिए । उनले सल्लाहाकार डोबलसँग झण्डै ३ घण्टा नेपालीका समस्या, दुई देशबीच भएका सम्झौताका बारेमा छलफल भएको पनि बताए ।

प्रचण्डले नेपाल र भारतबीच भएका विभिन्न सम्झौता र समझदारीमा केन्द्रित आफ्नो भ्रमण रहेकोसमेत बताएका छन् । प्रचण्डले भने,‘भारतले पटकपटक गरेका प्रतिवद्धतालाई कसरी कार्यान्वयन गर्ने भन्ने विषयमा छलफल केन्द्रित भएको छ ।’

प्रचण्डले भने, ‘प्रधानमन्त्री मोदीले नेपाल भ्रमणका बेला १ खर्ब सहयोग गर्ने भनिए पनि राम्रोसँग कार्यान्वयन भएको छैन । यो कार्यान्वयन हुनुपर्यो, भूकम्प पीडितलाई दिने भनिएको सबै आर्थिक सहयोग पुगेको छैन । यसलाई पनि छिट्टै कार्यान्वयनमा ल्याउनुपर्ने, हुलाकी राजमार्ग तथा ठूला परियोजना लगायतका विषयमा पनि मेरो र सुरक्षा सल्लाहाकारबीच छलफल भयो ।’

अध्यक्ष प्रचण्ड एयर इन्डियाको उडान नम्बर एआई २१६ बाट हिजो साँझ दिल्ली पुगेका थिए । प्रचण्डले शनिबार दिउँसो साढे १२ बजे भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग ७ लोककल्याण मार्गस्थित प्रधानमन्त्रीनिवासमा भेटवार्ता गर्ने कार्यक्रम छ ।

दिल्ली जानुअघि पत्रकारसँग कुरा गर्दै प्रचण्डले नेपाल र भारतबीच यसअघि भएका सम्झौता र सहमति कार्यान्वयनमा जोड दिने बताएका थिए । शनिबार दिउँसो साढे १ बजे प्रचण्डको सम्मानमा भारतका विदेशमन्त्री सुष्मा स्वराजले दिवाभोज आयोजना गरेकी छन् । साँझ इन्डिया फाउन्डेसनद्वारा आयोजित विद्वत् समारोहलाई उनले सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रचण्डको सम्मानमा बिहीबार साँझ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले रात्रिभोज आयोजना गरेका छन् । डोभालले प्रचण्डसँग शिष्टाचार भेट पनि गरेका छन् ।

शुक्रबार साढे १२ बजे भारतका गृहमन्त्री राजनाथ सिंहले प्रचण्डसँग शिष्टाचार भेट गर्दै छन् । उनले साँझ ६ः३० बजे पिएचडिसिसिआईद्वारा आयोजित भारतीय उद्योगी व्यवसायीसँगको अन्तरक्रियामा सहभागी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group