ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकी रक्षामन्त्री म्याटीस एकाएक अफगानिस्तान भ्रमणमा


bhawani desk
२२ भदौ २०७५, शुक्रबार   ११ : ५५   बजे

एजेन्सी,२२ भाद्र ।अमेरिकी रक्षामन्त्री जीम म्याटीस युद्धग्रस्त अफगानिस्तानको भ्रमणका क्रममा शुक्रबार पूर्व जानकारी बेगर काबुल पुग्नुभएको छ ।

अफगानिस्तानका सशस्त्र लडाकू समूह तालिबानलाई वार्तामा ल्याउने प्रयत्न भइरहेको समयमा म्याटीस अफगानिस्तानमा आउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

अफगानिस्तानम रहँदा उहाँले राष्ट्रपति अस्राफ घानी तथा अफगानिस्तानमा तैनाथ अमेरिकी तथा नेटो सेनाका संयुक्त नयाँ अमेरिकी कमान्डर जनरल स्कट मिलरसँग भेटघाट गर्नुहुनेछ । हालैका महिनामा म्याटीसको यो दोस्रो अफगानिस्तान भ्रमण हो ।

अफगानिस्तानकै सबैभन्दा शक्तिशाली लडाकू समूह तालिबान विरुद्ध अफगानी वा अमेरिकी नेतृत्वको सेनाले गरिरहेको सैनिक कारबाही प्रभावकारी नभएको सर्वत्र महसुस गरिएको छ ।

अफगानी र अन्य अन्तर्राष्ट्रिय समुदायले अफगान शान्ति प्रक्रियाका बारेमा तालिबानसँग वार्ता र संवादको प्रयास पनि गरिरहेका छन् ।

जुलाईमा कतारमा अमेरिकी अधिकारी र तालिबानका प्रतिनिधिबीच भएका वार्ताहरुले लडाइँमा पूर्णविराम ल्याउने र सम्झौता हुने अपेक्षा बढेको छ । यहि सन्दर्भमा गत महिना राष्ट्रपति घानीले एकतर्फी युद्धविराम घोषणा गर्नुभएको थियो ।

अगष्ट २०१७ मा ट्रम्प प्रशासनले अफगानिस्तानमा अमेरिकी सेनाको संख्या बढाउने घोषणा गरेपछि विवाद अझ चुलिएको थियो । तालिबानलाई वार्ताको टेबलमा ल्याउन सँगसँगै नयाँ प्रयत्नहरु पनि जारी छन् ।

तर अफगानिस्तानको शान्ति प्रक्रियामा भइरहेका विलम्बबाट अमेरिकी राष्ट्रपति चिन्तित हुनुहुन्छ । उहाँले अमेरिकी कूटनीतिज्ञ र अरु अधिकारीहरुलाई वार्ता प्रक्रियालाई तिब्रता दिन आग्रह गरिरहनुभएको छ ।

तालिबान समूहले अमेरिकासँग सोझो वार्ता गर्नुपर्ने माग लामो समयदेखि गरिरहेका छन् र उनीहरुले अफगान सरकारसँग वार्ता गर्न अस्वीकार गरिआएका छन् । तालिबानले अफगान सरकारलाई अबैधानिक मान्दछ ।

अमेरिका र तालिबान प्रतिनिधिबीच यसै महिना अर्को बैठक हुने अनुमानहरु पनि गरिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

पाकिस्तान र इरानद्वारा द्विपक्षीय सम्बन्ध सुदृढीकरण र क्षेत्रीय शान्तिका लागि प्रतिवद्धता व्यक्त

विश्वमञ्चमा अमेरिकाप्रतिको अस्ट्रेलियाली विश्वास ऐतिहासिक रूपमा घट्यो

एचआईभी विरुद्धको अभियानलाई तिब्रता दिन संयुक्त राष्ट्रसंघका महासचिवको आह्वान

हंगेरी शिखर सम्मेलनः भिसेग्राद समूहद्वारा क्षेत्रीय सहयोग र समन्वय सुदृढ गर्ने प्रतिवद्धता

इरानविरुद्ध सैन्य कारबाही गर्ने राष्ट्रपतिको अधिकारमाथि अङ्कुश लगाउने प्रश्ताव अमेरिकी सिनेटबाट पारित

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group