ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विद्युत् उत्पादनमा सहकार्य गर्न इच्छुक : अध्यक्ष प्रचण्ड


एबीसी न्यूज
२३ भदौ २०७५, शनिबार   ११ : २६   बजे

काठमाडौँ,  २३ भाद्र । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा राजनीतिक स्थिरतासँगै लगानी र प्रतिफल सुरक्षाको वातावरण सिर्जना भएको बताउनुभएको छ ।

भारत भ्रमणमा रहनुभएका उहाँले शुक्रबार साँझ नयाँ दिल्लीमा ‘इण्डो–नेपाल सेन्टर’ उद्घाटन तथा ‘नेपालको समावेशी विकासको मार्गचित्र’सम्बन्धी अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै परम्परागत नीति नियम परिवर्तन गरी नेपालमा लगानीमैत्री वातावरण सिर्जना गरिएको बताउनुभयो ।

पूर्वप्रधानमन्त्री दाहालले भन्नुभयो, “आर्थिक समृद्धिका लागि हामी अघि बढेका छौँ । नेपाल प्राकृतिक सम्पदा प्रचूर रहेको देश हो । यहाँ जलविद्युत्का धेरै सम्भावना छन् । विद्युत् उत्पादनमा हामी सहकार्य गर्न इच्छुक पनि छौँ ।”

जलऊर्जा विद्युत् उत्पादनका लागि मात्र नभएको बताउँदै अध्यक्ष दाहालले यो पानी व्यवस्थापनको विषय पनि भएको उल्लेख गर्नुभयो । सरगमाथाबाट मिनरल वाटर बनाउनका लागि सहकार्य गर्न सकिने दोहो¥याउँदै उहाँले सगरमाथाको पानी विश्व बजारमा पु¥याएर लाभ लिन सकिन्छ भन्नुभयो ।
नेपालमा पर्यटन विकासको पनि उत्तिकै सम्भावना रहेको जानकारी गराउँदै पूर्वप्रधानमन्त्री दाहालले कृषिमा आधारित उद्योग, धार्मिक पर्यटनलगायतका क्षेत्रमा लगानी गरी प्रतिफल लिन पनि सकिने बताउनुभएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ । कार्यक्रममा विभिन्न क्षेत्रका लगानीकर्ताको उल्लेख्य सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

चिनियाँ दूतावासको स्पष्टीकरण, ‘पूर्वसूचना नदिएको आरोप तथ्यहीन’

मनसुनको न्यूनचापीय रेखा नेपाल नजिकिँदै, विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना

सम्बन्धित

प्रेमीसँग मिलेर श्रीमानको हत्या, डेढ लाखको सुपारी दिएको आरोपमा श्रीमतीसहित पाँच पक्राउ

१८ अर्ब डलरको सम्झौतापछि मेटामा कडा नियम, किशोरको फेसबुक–इन्स्टाग्राम प्रयोगमा दुई घण्टे सीमा

भोटेकोशी बाढी प्रभावितका लागि आइएफआरसीको १९ करोड रुपैयाँ सहयोग

भोटेकोशी बाढीको संकटबीच प्रतिनिधिसभा बैठक अनिश्चितकालका लागि स्थगित

अमेरिकी डलर स्थिर, अस्ट्रेलियन डलर महँगियो; युरो र पाउन्ड घट्यो

त्रिशूली बाढीको ठूलो प्रहारः रसुवा, नुवाकोट र धादिङमा ३५ पुल बगे 

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu