ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालको विकास र समृद्धिका लागि चीनको ठूलो सहयोग– सभामुख महरा


एबीसी न्यूज
२३ भदौ २०७५, शनिबार   ११ : २९   बजे

काठमाडौँ,  २३ भाद्र । चीन भ्रमणमा रहनुभएका सभामुख कृष्णबहादुर महरा र चीनको तिब्बत स्वशासित प्रदेशको कम्युनिष्ट पार्टीका सचिव यु यिंग्जेबीच शुक्रबार साँझ ल्हासामा भेटवार्ता भएको छ ।

भेटका क्रममा सभामुख महराले नेपाल–चीन सम्बन्ध निकै पुरानो भएको स्मरण गराउँदै तिब्बत र नेपालबीचको ऐतिहासिक, सांस्कृतिक र सामाजिक सम्बन्धले पनि दुई देशबीचको सम्बन्ध थप सुदृढ बनाएको बताउनुभएको थियो ।

“नेपाल–चीन सम्बन्धको इतिहास आफैँमा निकै पुरानो छ”, उहाँले भन्नुभयो, “त्यसमा तिब्बत र नेपालको ऐतिहासिक, सांस्कृतिक, सामाजिक सम्बन्धले दुई देशबीचको सम्बन्ध मजबुत र प्रगाढ बनाउन थप मद्दत पुगेको छ ।”

सभामुख महराले नेपालले लिएको विकास र समृद्धिको लक्ष्यमा चीन सरकारका तर्फबाट सहयोग गर्न आग्रह गर्नुभयो । “नेपालको विकास र समृद्धिका लागि चीनको ठूलो सहयोग छ”, उहाँले भन्नुभयो, “नेपालको विकास र सफलताले चीनलाई पनि सहयोग पुग्नेछ ।”

नेपाल ‘एक चीन नीति’प्रति प्रतिबद्ध रहेको दोहो¥याउँदै सभामुख महराले नेपालमा कुनै पनि खालका चीन विरोधी गतिविधि नहुने बताउनुभयो ।

नेपाल लामो राजनीतिक सङ्घर्षपछि शान्ति, स्थिरता र स्थायित्वतर्फ अघि बढिरहेको र सङ्घीय शासन प्रणालीको भर्खरै अभ्यास गरिरहेको छ भन्दै उहाँले सङ्घीय पद्धति र प्रक्रियाबारे लामो अभ्यास गरिरहेको चीनबाट आफूहरुले धेरै कुरा सिक्न चाहेको बताउनुभएको सभामुख महराका प्रेस सल्लाहकार डिल्ली मल्लले जानकारी दिनुभयो ।

भेटमा सचिव यिंग्जेले दुई देशबीचको सम्बन्धमा जोड दिँदै विकास र समृद्धिका एजेण्डामा आफूहरुको सहयोग जारी रहने बताउनुभयो । अहिले दुई देशबीच सम्झौता भएका निर्माणाधीन परियोजना कार्यान्वयनको तहमा रहेको भन्दै उहाँले आपसी सहयोग अझै बढाउनुपर्नेमा जोड दिनुभयो ।

नेपालले लिएको ‘एक चीन नीति’को प्रशंसा गर्दै सचिव यिंग्जेले असल छिमेकीले निर्वाह गर्नुपर्ने भूमिका नेपालले पूरा गरिरहेको बताउनुभएको थियो

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group