ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अफगानिस्तनमा सन् २००७ देखि २०१८ सम्म भएका भीषण आक्रमणहरु


एबीसी न्यूज
२८ भदौ २०७५, बिहिबार   ७ : ४०   बजे

  

काबुल, २८ भाद्र । अफगानिस्तनमा मङ्गलबार भीषण आत्मघाती आक्रमण भएको छ । अफगानिस्तानमा सन् २००१ मा तालिबानहरु शासन सत्ताबाट बाहिरिएपछि त्यहाँ हुने गरेका प्रायः हिंसा हत्यामा तालिबान आतङ्ककारी समूहको हात रहँदै आएको छ ।

तर सन् २०१४ पछि इस्लामिक स्टेस (आईएस) आतङ्ककारी समूहको पनि बिगबिगी बढ्न थाल्यो र आईएस समूहले पनि बारम्बार यस्ता भीषण आक्रमण गर्दै आएका छन् ।

अफगानिस्तानमा सन् २००७ देखि २०१८ सम्म भएका केही भीषण आतङ्ककारी आक्रमण यसप्रकार रहेका छन् ।

सन् २०१८ को सेप्टेम्बर ११ मा यस वर्षको सर्वाधिक घातक मानिएको नानगाहार प्रान्तको पूर्वीक्षेत्रमा भएको त्यस विस्फोटमा परी ६८ व्यक्तिको मृत्यु हुनुका साथै अन्य १६५ जना घाइते भएका छन् ।

यो नरसंहारको जिम्मेवारी हालसम्म कसैले लिएको छैन, तर यो प्रान्तमा अतिवादी इस्लामिक स्टेट समूह सक्रिय रहेको छ । इस्लामिक स्टेटले हालै गरिएका सबैजसो बम हमलाको जिम्मेवारी लिइआएको छ ।

सन् २०१८ को जनवरीमा काबुलको प्रमुख शहरमा गराएको एक विस्फोटक पदार्थ विस्फोटनमा परी कम्तीमा एक सयभन्दा बढी व्यक्तिको मृत्यु भएको थियो । यस विस्फोटमा परी मारिएका प्रायः सर्वसाधारण नागरिक नै थिए । यस आक्रमणको तालिबान आतङ्ककारी समूहले जिम्मा लिएको थियो ।

सन् २०१७ को अक्टोबरमा तालिबान आतङ्ककारी समूहले दुई छुट्टाछुट्टै इलाकामा गरेको आत्मघाती बम र बन्दुक आक्रमणमा परी करीब ८० जना प्रहरी र सैनिकको मृत्यु भएको थियो । यस आक्रमणमा परी दर्जनौँको सङ्ख्यामा सुरक्षा अधिकारी घाइते भएका थिए ।

पाक्टिया प्रान्तको गार्डेज शहरमा प्रहरी परिसरमा भएको बम आक्रमणमा परी ६० सुरक्षा अधिकारीको मृत्यु भएको थियो । सोही दिन घाज्नी प्रान्तमा भएको एम्बुस आक्रमणमा परी १५ सुरक्षा अधिकारी र पाँच सर्वसाधारणको मृत्यु भएको थियो ।

त्यसैगरी सन् २०१७ को मे ३१ मा काबुलमा भएको भीषण बम आक्रमणमा परी १५० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो ।

२०१७ कै अप्रिल २७ मा अफगानिस्तानको उत्तरी शहर मजार इ सरिफ सैनिक पोशाकमा प्रवेशगरी सैन्य शिविरको मस्जिद र डिनर हलमा गरिएको आक्रमण १४४ व्यक्तिको मृत्यु भएको थियो ।

त्यसैगरी मार्च ८ मा अफगानिस्तानको सबैभन्दा ठूलो सैनिक अस्पतालमा आईएस लडाकूहरुले आक्रमण गरेका थिए । काबुलमा रहेको सो अस्पतालमा भएको छ घण्टा लामो आक्रमणमा परी ५० जनाको मृत्यु भएको आधिकारीक विवरण छ । तर सुरक्षा स्रोत र सर्वेक्षणकर्ताले मृत्यु हुनेको सङ्ख्या १०० पुगेको बताएका थिए ।

सन् २०१६ मा जुलाई २३ तारिखमा काबुलको सिया मुसलमान समूहको भिड भएको ठाउँमा दुई वटा विस्फोटन हुँदा ८५ जनाको मृत्यु भएको थियो भने अरू २३१ जना घाइते भएका थिए ।

अप्रिल १९ मा मध्य काबुलमा तालिबान लडाकूहरुले गरेको ट्रक बम आक्रमणमा परी ६४ जनाको मृत्यु भएको थियो भने ३४० जना घाइते भएका थिए ।

सन् २०११ डिसेम्बर ६ तारिखमा काबुलमै अशुरा पर्वको बिदाका दिनमा सिया मुसलमान समुदाय लक्षित आक्रमणमा ८० जना मारिएका थिए । त्यही दिन दोस्रो आक्रमण मजार इ सरिफको एउटा शहरमा भएको थियो । त्यसमा चार जना मारिएका थिए । त्यसको जिम्मेवारी तालिबान लडाकूहरुले अस्वीकार गरेका थिए ।

सन् २००८ जुलाई ७ तारिखका दिन भएको आत्मघाती कारबम आक्रमणमा ६० जना मारिएका थिए । तीमध्ये पाँच जना भारतीय नागरिक थिए । सो घटनामा १५० जना घाइते भएका थिए । तालिबान लडाकूहरुले यस घटनामा आफ्नो संंलग्नता नरहेको दाबी गरेका थिए ।

फेब्रुअरी १७ तारिखका दिन कान्दाहारको एउटा शहरमा भएको आत्मघाती आक्रमणमा परी १४० जना पुरुषको मृत्यु भएको थियो । तीमध्ये ५० जना सहायक प्रहरी अधिकृत पनि थिए ।

सन् २००७ नोभेम्बर ६ तारिखका दिन ५९ जना बालबालिकासहित ७९ जना मारिएका थिए । तीमध्ये छ जना सांसद पनि थिए । काबुलको उत्तरी क्षेत्रमा पर्ने पुल इ खुम्रीमा रहेको एउटा चिनी कारखाना भ्रमणमा गएका विशिष्टहरुको टोलीमाथि आक्रमण गर्दा उनीहरुको मृत्यु भएको हो । सो घटनाको जिम्मेबारी लिन तालिबान लडाकूहरुले भने अस्वीकार गरेका छन् ।

संसदीय चुनाव नजिकिँदै गएको अफगानिस्तानमा पछिल्लो पटक विद्रोहीबाट हिंसात्मक आक्रमणको शृङ्खलामा वृद्धि भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

पाकिस्तान र इरानद्वारा द्विपक्षीय सम्बन्ध सुदृढीकरण र क्षेत्रीय शान्तिका लागि प्रतिवद्धता व्यक्त

विश्वमञ्चमा अमेरिकाप्रतिको अस्ट्रेलियाली विश्वास ऐतिहासिक रूपमा घट्यो

एचआईभी विरुद्धको अभियानलाई तिब्रता दिन संयुक्त राष्ट्रसंघका महासचिवको आह्वान

हंगेरी शिखर सम्मेलनः भिसेग्राद समूहद्वारा क्षेत्रीय सहयोग र समन्वय सुदृढ गर्ने प्रतिवद्धता

इरानविरुद्ध सैन्य कारबाही गर्ने राष्ट्रपतिको अधिकारमाथि अङ्कुश लगाउने प्रश्ताव अमेरिकी सिनेटबाट पारित

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group