ABC NEWS NEPAL | No.1 News channel of Nepal
२८ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पत्नी वियोगमा परेका नवाज शरिफ केही दिनका लागि जेलमुक्त


एबीसी न्यूज
२८ भदौ २०७५, बिहिबार   ८ : १५   बजे

इस्लामावाद, २८ भाद्र ।  भ्रष्टाचारको आरोपमा कारागारमा रहेका पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफलाई दिवंगत पत्नीको दाहसंस्कार गर्न अन्तरिम जमानतमा रिहा गरिएको सरकारी स्रोतले बताएको छ । शरिफकी पत्नी कुलसूम नवाजको मङ्गलबार लन्डनमा अर्बुध रोगका कारण निधन भएको थियो ।

कुलसूमलाई अस्पताल भर्ना गरेर पाकिस्तान फर्किएका नवाज शरिफ र उहाँकी छोरीलाई पक्राउ गरी भ्रष्टाचारको आरोपमा थुनामा राखिएको छ । पाकिस्तानको संसदीय चुनावमा पाकिस्तान मुस्लिम लीग–नवाज (पीएमएल) पार्टीका लागि चुनावी प्रचारका लागि उहाँ पाकिस्तान फर्कनुभएको थियो ।

शरिफ र उहाँकी छोरी मरयामलाई हवाई जहाजमा राखेर लाहोर पु¥याइएको छ । कुलसूमको दाहसंस्कार लाहोरमा गर्ने कार्यक्रम रहेको पीएमएलले जनाएको छ ।

उनीहरु दुबैलाई १२ घण्टाका लागि छाडिएको भए पनि गृह मन्त्रालयले उनीहरुको जमानतको अवधि बढाउन सक्ने रावलपिन्डी केन्द्रीय कारागारका एक अधिकारीले बताउनुभयो । स्थानीय सञ्चार माध्यमले दाहसंस्कार शुक्रबार मात्र गरिने बताएका छन् ।

राजनीतिमा पनि सक्रिय ६८ वर्षीया कुलसूमले नवाज शरिफको राजनीतिलाई अघि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । उहाँलाई क्यान्सर भएको गत वर्ष अगस्टमा पत्ता लागेको थियो । महिनौंदेखि लन्डनस्थित एक निजी अस्पतालमा उहाँको उपचार भइरहेको थियो ।

नवाज शरिफ विरुद्ध तीव्र प्रचार गरेर चर्चामा आउनुभएका प्रधानमन्त्री इमरान खानले कुलसूमको निधनप्रति दुःख प्रकट गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री संसदबाट टाढिँदा रास्वपा सांसद पनि उदासीन, गणपुरक नपुग्दा विधेयक रोकियो

बुबाको निधनपछि भावुक मेसी : ‘तपाईंविना कसरी अगाडि बढ्ने थाहा छैन’

सम्बन्धित

हङकङको साइकुङमा आगलागी, दुई घर र चार स्पिडबोटमा क्षति

चीनका पूर्वप्रधानमन्त्री जु रोङ्जीको ९७ वर्षको उमेरमा निधन

ट्रम्पको दाबी : इरानमाथि विश्वास छैन, होर्मुज जलमार्गमा अमेरिकाको पूर्ण नियन्त्रण

एनआरएनएको १७औँ युरोपेली सम्मेलन १५ बुँदे डबलिन घोषणापत्र जारी गर्दै सम्पन्न

जापानको इबाराकीमा चक्रवात ‘चान–होम’ प्रवेश, बाढीको जोखिम बढ्यो

इन्डोनेसियाको लोम्बोक नजिकै डुंगामा आगलागी, ११२ जनाको उद्धार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu