ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निर्मला हत्या प्रकरणः यस्ता अधिकृतले पाए सवै छानबिनको जिम्मा


एबीसी न्यूज
२९ भदौ २०७५, शुक्रबार   ३ : २२   बजे

काठमाडौं, २९भाद्र ।   कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको सम्बन्धमा प्रहरी अनुसन्धान उल्टो भएको भन्दै सर्वत्र आलोचना भइरहेका बेला अनुसन्धानमा संलग्न प्रहरी अधिकारीमाथि छानबिन गर्न प्रहरी मुख्यालयले छुट्टै समिति गठन गरेको छ ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले एसएसपी उत्तम सुवेदीको नेतृत्वमा छानबिन समिति गठन गरेका हुन् । सुवेदी प्रहरी संगठनमा अपराध अनुसन्धानमा काबिल प्रहरी अधिकृत हुन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको अनुसन्धान उल्टो पाइएपछि सबैतिर आलोचना भइहरेको छ । प्रहरीले बलात्कार र हत्यामा संलग्नताको आरोपमा ४१ वर्षीय पदिलिसिंह विष्टलाई पक्राउ गरेको थियो । तर, डिएनए परीक्षणका क्रममा निर्दोष पाइएपछि विष्ट रिहा भइसके । विष्टको डिएनए मेल नखाएपछि प्रहरीले बास्तविक अपराधी जोगाउन मानसिक सन्तुलन ठीक नभएका विष्टलाई फसाउन खोजेको खुलासा भएपछि मृतक निर्मलामा बाबुआमा र महिला अधिकारकर्मीको टोली राष्ट्रपति, प्रधानमन्त्री, गृहमन्त्री भेटेर घटना छानबिनका लागि दबाब दिने भन्दै कञ्चनपुरबाट काठमाडौं आएको छ ।

प्रहरीले यसअघि एसएसपी ठाकुर ज्ञवाली नेतृत्वमा छानबिन टोली कञ्चनपुर पठाएको थियो । सुवेदी नेतृत्वको छानबिन टोलीलाई निलम्बित तकालिन कञ्चनपुरका प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट तथा घटना छानबिनका लागि कञ्चनपुर गएका केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) का डिएसपी अंगुर जिसीसहित प्रहरी अधिकारीको भूमिका माथि छानबिन गर्ने जिम्मेवारी छ ।

‘कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख डिल्लीराज विष्टसहित अनुसन्धानमा संलग्न सबैको भूमिकामाथि छानबिन गर्न उत्तम सुवेदी साबको नेतृत्वमा टोली गठन भएको हो’, प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीले भने । उनका अनुसार टोलीले घटना भन्दा पनि घटनाको छानबिनमा भएको लापरबाहीबारे अनुसन्धान गरेर प्रतिवेदन बुझाउने छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group