ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शिक्षा व्यावसायिक र प्राविधिक हुनुपर्छ : रक्षामन्त्री पोखरेल


एबीसी न्यूज
३० भदौ २०७५, शनिबार   २ : १८   बजे

काठमाडौं, ३० भाद्र । उपप्रधान एवंले विकास र समृद्धिका लागि तीनै तहका सरकारले एउटै लयमा अघि बढ्नु पर्ने आवश्यकतामा जोड दिनुभएको छ । भीमसेनगोलास्थित मोर्डन कन्या मल्टिपल कलेजको आज आयोजित १२ वार्षिकोत्सव समारोहमा उहाँले ठूलो राजनीतिक परिवर्तनपछि गठन भएका सरकार विकास र समृद्धिका लागि एकसाथ हिँड्नु पर्नेमा लय मिलेको जस्तो नदेखिएको उल्लेख गर्नुभयो ।

उपप्रधानमन्त्री पोखरलले भन्नुभयो, “संविधानमा लेखिएका विषय कानून बनाएर सम्बोधन गर्न, मुलुकलाई असहजताबाट सहजतातर्फ लैजान प्रत्येक सरकारले लय मिलाएर काम गर्नुपर्छ, त्यसका लागि सरकार हिम्मतका साथ अघि बढ्ने कोशिस गरिरहेको छ ।”

सत्तरी प्रतिशत व्यावसायिक र प्राविधिक शिक्षामा जोड दिने ढङ्गबाट वर्तमान शिक्षा नीतिलाई परिमार्जन गर्न सरकारले तयारी गरिरहेको बताउँदै उहाँले दुरदराजबाट काठमाडौं आएका छात्रालाई सस्तो शुल्क लिई नारी शिक्षाको उन्नयनमा मोर्डन कलेजले विशिष्ठ योगदान दिँदै आएको बताउनुभयो ।

संस्कृतिविद् एवं वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले नारी शिक्षालाई सबैले प्रेरित गर्न आवश्यक रहेको धारणा राख्नुभयो । कलेज सञ्चालक समितिका अध्यक्ष प्राडा रामप्रसाद दाहालले शिक्षासेवीको प्रेरणाबाट मुलुकको नारी शिक्षामा योगदान दिन सकियोस् भन्ने उद्देश्यले अन्यन्तै न्यून शुल्कमा छात्रालाई समय सुहाउँदो शिक्षा प्रदान गर्दै आएको जानकारी दिनुभयो ।

राजनीतिक क्षेत्रमा सक्रिय रहेर पनि नारी शिक्षाको विकासका लागि विभिन्न जिम्मेवारीमा रहँदा पु¥याएको विशिष्ट योगदानको कदर गर्दै कलेजले समारोहमा उपप्रधानमन्त्री पोखरेल र शिक्षासेवी मीरा ध्वजूलाई कदरपत्र प्रदान गरी सम्मान ग¥यो ।

समारोहमा जेहन्दार छात्रा शर्मिला थापालाई रु १० हजार राशिको स्व वेदमाया दाहाल छात्रवृत्ति प्रदान गरियो भने रु १०-१० हजार राशिका छात्रवृत्ति सुष्मा पहाडी र सिर्जना कुमालले प्राप्त गर्नुभयो ।

समारोहमा शिक्षासेवी रमेशमोहन भट्टराई र राकेश श्रीवास्तवले छात्रा आस्था राई र सोनु गुरुङलाई पढाइका लागि वार्षिक रुपमा लागेको खर्चको रकम उपलब्ध गराउनुभयो ।

उक्त कलेजमा रहने गरी समारोहमा उपप्रधानमन्त्री पोखरेल र श्रीमती ध्वजूले रामकुमारी–मायादेवी अक्षय कोष र अञ्जु बस्नेत कार्कीले विमल–चन्द्र अक्षय कोष पुरस्कारका लागि रु दुई-दुई लाख रकम उपलब्ध गराउनुभयो । सो अवसरमा कलेजको वार्षिक प्रकाशन अनामिका र कवि गुणराज काफ्ले शाण्डिल्यको कविता प्रवाह कृति लोकार्पण गरियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२४ घण्टामा देशभर विपदका ६६ वटा घटना

अर्थसम्बन्धी बैठकमा अर्थमन्त्री किन अनुपस्थित? प्रधानमन्त्री–अर्थमन्त्री सम्बन्धमा बढ्दो दूरीको संकेत

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

दोलखाको गौरीशंकरमा बाढीपहिरो : एकजना बेपत्ता, ४ जना उद्धारको पर्खाइमा

भारतमा चर्को बन्दै ककरोच पार्टीको आन्दोलन: प्रदर्शनमा प्रहरी दमन

२४ घण्टामा देशभर विपदका ६६ वटा घटना

युक्रेनी राष्ट्रपतिले किन हटाए सेना प्रमुख ?

अर्थसम्बन्धी बैठकमा अर्थमन्त्री किन अनुपस्थित? प्रधानमन्त्री–अर्थमन्त्री सम्बन्धमा बढ्दो दूरीको संकेत

बझाङ केन्द्रविन्दु भएर भूकम्प

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu