ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तातोपानी नाका खुलाउन सरकारसँग माग


bhawani desk
३० भदौ २०७५, शनिबार   ४ : ०८   बजे

काठमाडौं, ३० भाद्र । प्रतिनिधिसभाका सांसदहरुले तातोपानी नाका खुलाउन आवश्यक तयारी गर्न सरकारसँग माग गरेका छन ।

प्रतिनिधिसभाको शनिबारको बैठकको शुन्य समयमा बोल्दै सांसद अग्नीप्रसाद सापकोटाले तातोपानी नाका खुलाउन आवश्यक तयारी गर्न सरकारसँग माग गर्नु भएको हो । उहाँले अरनिको राजमार्गमा रहेको सडक मर्मत संहार गरी तत्काल तातोपानी नाका खुलाउन आवश्यक तयारी गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो ।

सांसद आशाकुमारी विश्वकर्माले बझाङ जिल्लामा दरबन्दी अनुसार चिकित्सकको तत्काल व्यवस्था गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो । उहाँले दरबन्दी अनुसार चिकित्सकहरु नहुँदा बझाङमा विरामीले सास्ती व्यहोर्नु परेको पनि स्मरण गराउनु भयो ।

सांसद इन्दुकुमारी शर्माले चुरे वनविनाश रोक्न सरकारलाई पुनः दवाव दिनु भयो । उहाँले निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माणको नाममा २४ लाख ५० हजार रुख कटानी गर्न लागिएको भन्दै त्यसलाई नरोके चुरे विनाश हुने र त्यसले प्रदेश २ का जनतामाझ ठूलो प्राकृतिक विनाश निम्त्याउने चेतावनी पनि दिनु भयो ।

सांसदहरुले बर्दियाको चेपाङहरुलाई लालपूर्जाको तत्काल व्यवस्था गर्न पनि सरकारसँग माग गरेका छन ।

सांसद कुमारी तुलसी थापाले बर्दियाको करिव २ हजार ५ सय जनसंख्या रहेको चेपाङहरु शिक्षा, स्वास्थ्य जस्ता आधारभूत अधिकारबाट बञ्चित हुनु परेको भन्दै उनीहरुलाई तत्काल लालपूर्जाको व्यवस्था गर्न सरकारसँग माग गर्नु भयो ।

बैठकमा सांसद कृष्णकुमार श्रेष्ठले काठमाडौं प्रवेश गर्ने मुख्य नाकाको रुपमा रहेको कलंकी– नाकढुंगा सडक खण्डमा हुने ट्राफिक जाम हटाउन सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group