काठमाडौं,३० भाद्र । प्रतिनिधि सभाको आजको बैठकमा नेपाली कांग्रेसका सांसद गगन कुमार थापाले गृहमन्त्रि रामबहादुर थापाको कार्य क्षमता कमजोर रहेको आरोप लगाउनु भएको छ ।
बैठकको सुन्य समयमा बोल्दै सांसद थापाले कार्य क्षमता र सोचमा बादल लागेकोले हामीलाई चाहिन्छ र भन्दै गृहमन्त्री थापाको कार्य शैलीको बिरोध गर्नु भयो । पछिल्ला केहि घटनामा गृहमन्त्री थापाले लिएका निर्णयले काम गर्ने क्षमता नभएको भन्दै आलोचना गर्नु भयो ।
यस्तै आजको बैठकमा सांसद कृष्ण कुमार राइले चाबहिल जोरपाटी साँखु सडक खण्ड समयमा नबन्दा स्थानीय जनप्रतिनिधिले सार्वजनिक रुपमा उभिन नसक्ने अवस्था आएको भन्दै सडक निर्माणलाई तिब्रता दिन माग गर्नु भयो।
बैठकमा सांसद गजेन्द्र बहादुर महतले स्थानीय पूर्वाधार कोष परिचालन नहुदा दुर्गम र ग्रामिण क्षेत्रको साना साना बिकाश आयोजना प्रभावित भएको गुनासो गर्नु भयो।
सांसद कृष्ण कुमार श्रेष्ठले कलंकी नाग ढुंगा र नाग ढुंगा नौबिसे सडक खण्डमा हुने सवारी जामले काठमान्डौ बाहिर जाने जनताले दुख पाउने गरेको भन्दै दशैं अगाडी जाम कम गर्न सरकार सँग माग गर्नु भयो ।
प्रतिक्रिया दिनुहोस्