ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जनप्रतिनिधिले घरबाटै चलाए सरकार


एबीसी न्यूज
३१ भदौ २०७५, आइतबार   १० : ४९   बजे

जाजरकोट, ३१ भाद्र । यहाँका जनप्रतिनिधिले सदरमुकाममा रहेका आफ्नै घरमा स्थानीय सरकार चलाएका छन् ।

आफ्नै घरमा चलाएका कार्यालयको पनि आवास खर्चस्वरुप रकम झुक्तानी लिने गरेको पाइएको छ । जिल्लाको बारेकोट गाउँपालिकाले सदरमुकाममा कार्यालय राखेर काम गर्दै आएको वर्ष दिन बित्यो ।

उता लिम्सामा सम्पर्क कार्यालय भए पनि सबै काम सदरमुकामबाटै हुने गरेको छ । गाउँपालिकाका लेखापाल राजबहादुर सिंहको घरमा एक वर्षअघि देखि कार्यालय सञ्चालन हुँदै आएको छ ।

त्यस्तै कुशेगाउँपालिकाको कार्यालय पनि सदरमुकाममै छ । यो गाउँपालिकाको काम पनि सदरमुकाममै हुने गरेको छ । कुशेगाउँपालिकाकी उपाध्यक्ष रामछाया शाहीको सदरमुकामको घरमा कार्यालय सञ्चालन हुँदै आएको हो ।

गाउँमा पनि सम्पर्क कार्यालय स्थापना गरी कहिलेकाहीँ काम हुने गरेको छ । सदरमुकाम र गाउँमा गरी बारेकोट र कुशेगाउँपालिकाले डबल भाडा तिर्दै आएका छन् । सदरमुकाम खलङ्गामा भेरी नगरपालिकाको आफ्नै भवन बन्दै छ । भवन नबन्दासम्म भेरी ज्ञानोदय क्याम्पसको भवन भाडामा लिएर काम सञ्चालन भइरहेको नगरपालिकाले जनाएको छ ।

गाउँमै कार्यालय सञ्चालन गरी भाडाको भवनमा बस्दै आएको नलगाडले पनि वडादेखि नगरपालिका कार्यालयसम्मको भाडा तिर्दै आएको छ । नलगाड नपा–८ स्थित मन्मैमा साबिकको खगेनकोट गाविसको भवन छँदाछँदै वडाध्यक्ष गोविन्द शाहीको मनोमानीका कारण भाडामा कार्यालय राख्नु परेको कार्यपालिका सदस्य नरबहादुर विकले बताउनुभयो ।

शिवालय गाउँपालिकाले घर भाडाबापत मासिक रु ५५ हजार भुक्तानी गर्दै आएको छ । छेडागाड नगरपालिकाले पनि गाउँमा रहेको कार्यालय र सदरमुकाममा रहेको कार्यालय गरी दोहोरो भाडा तिरेर दैनिक काम गर्दै आएको छ ।

सदरमुकाममै घर भएका जनप्रतिनिधिले समेत आवासको सुविधा भन्दै रकम लिने गरेका छन् । यहाँका सात स्थानीय तहले गत आवमा रु ५० लाख घर भाडामा खर्चेको तथ्याङ्क रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२४ घण्टामा देशभर विपदका ६६ वटा घटना

अर्थसम्बन्धी बैठकमा अर्थमन्त्री किन अनुपस्थित? प्रधानमन्त्री–अर्थमन्त्री सम्बन्धमा बढ्दो दूरीको संकेत

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

दोलखाको गौरीशंकरमा बाढीपहिरो : एकजना बेपत्ता, ४ जना उद्धारको पर्खाइमा

भारतमा चर्को बन्दै ककरोच पार्टीको आन्दोलन: प्रदर्शनमा प्रहरी दमन

२४ घण्टामा देशभर विपदका ६६ वटा घटना

युक्रेनी राष्ट्रपतिले किन हटाए सेना प्रमुख ?

अर्थसम्बन्धी बैठकमा अर्थमन्त्री किन अनुपस्थित? प्रधानमन्त्री–अर्थमन्त्री सम्बन्धमा बढ्दो दूरीको संकेत

बझाङ केन्द्रविन्दु भएर भूकम्प

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu