काठमाडौँ, ४ असोज । देशका सवै राजमार्ग सुनसान छन ।राजमार्गमा गाडी नगुडेको तीन दिन भैसकेको छ । राजमार्गमा लामो तथा छोटो दूरीका सवारी साधन चलेका छैनन् ।
कस्को बन्द र किन गरेको ? यस बारेमा आधिकारीक जानकारी छैन । तर, यातायात मजदुरले गाडी नचलाउँदा राजमार्ग सुनसान बनेको छ । यायातात समितिको बस काउन्टर खुलेका छन् । तर, बस काउन्टरमा चलानी काट्न कोही पनि आउदैेन । राजमार्गमा सवारी साधन नचल्दा यात्रुले सास्ती खेप्नु परेको छ । नयाँ मुलुकी ऐनमा दुर्घटनामा चालकको लापरबाही देखिएमा पाँच वर्षदेखि १२ वर्षसम्म कैद हुने व्यवस्था गरेको छ । यहि ऐनले चालकहरुलाई समस्या पार्ने देखिएको भन्दै यातायात मजदुरहरुले गाडी चलाएका छैनन् ।
प्रतिक्रिया दिनुहोस्