ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बन्दुकधारीको गोली प्रहारबाट एक पत्रकारको हत्या


bhawani desk
६ आश्विन २०७५, शनिबार   ४ : ४१   बजे

एजेन्सी, ६ असोज । बन्दुकधारीहरुले गोली प्रहार गरेर मेक्सिकोमा थप एक पत्रकारको हत्या गरेका छन् । यो घटनासँगै यस वर्ष अर्थात सन् २०१८ मा मात्रै हत्या हुने पत्रकारहरुको संख्या मेक्सिकोमा नौ पुगेको छ ।

मेक्सिकोको दक्षिणी राज्य चियापासमा रहेको आफ्नै घरमा पत्रकारको हत्या भएको उनको पत्रिकाले शुक्रबार जनाएको छ । एल हेराल्डो डे चियापास नामक पत्रिकामा कार्यरत पत्रकार मारियो गोमेजको हत्या भएको हो ।

“उहाँलाई हालै मात्र विभिन्न खालको चेतावनी तथा धम्कीहरु आएका थिए” उहाँका सहकर्मीहरुले नाम नबताउने शर्तमा भने ।

पत्रिकाले दिएको जानकारी अनुसार गोमेज याजालोन शहरका सामान्य संवाददाता हुनुहुन्थ्यो । दुई जना अपरिचित व्यक्तिहरुले उहाँलाई हत्या गरेको बताइएको छ ।

गोली प्रहार भएलगत्तै ३५ बर्षीय गोमेजलाई अस्पताल लगिएको भएपनि अस्पतालले मृत घोषणा गरेको थियो । “हामीले घटनामा संलग्नलाई तत्काल पक्राउ गरी कारबाही गर्न आग्रह गरेका छौँ,” पत्रिकाको अनलाईन संस्करणमा प्रकाशित सम्पादकीयमा भनिएको छ ।

सरकरी पक्षले पनि घटनामा संलग्नहरुको खोजी भइरहेको र दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

सम्बन्धित

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

‘खराब मानिस’बाट ‘बुद्धिमान नेतृत्व’सम्म : ट्रम्प नेतृत्वको दक्षिणपन्थी राजनीतिले इरानप्रतिको दृष्टिकोण किन बदल्दैछ?

पाकिस्तान र इरानद्वारा द्विपक्षीय सम्बन्ध सुदृढीकरण र क्षेत्रीय शान्तिका लागि प्रतिवद्धता व्यक्त

विश्वमञ्चमा अमेरिकाप्रतिको अस्ट्रेलियाली विश्वास ऐतिहासिक रूपमा घट्यो

एचआईभी विरुद्धको अभियानलाई तिब्रता दिन संयुक्त राष्ट्रसंघका महासचिवको आह्वान

हंगेरी शिखर सम्मेलनः भिसेग्राद समूहद्वारा क्षेत्रीय सहयोग र समन्वय सुदृढ गर्ने प्रतिवद्धता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group