ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लघुवित्त परियोजनामा चिनियाँ सहयोग


एबीसी न्यूज
७ आश्विन २०७५, आइतबार   ११ : ०२   बजे

काठमाडौं, ७ असोज । नेपालस्थित चाइना फाउण्डेशन फर पोभर्टी एलिभेशनले (सिएफपिए)नवलपुर जिल्लाको देवचुली नगरपालिकामा लघुवित्त कार्यक्रमका लागि सहयोग गरेको छ ।

स्थानीय सक्रिय साना किसान कृषि सहकारीमार्फत लघुवित्त कार्यक्रमका लागि रु ३७ लाख प्रदान गरेको उक्त संस्थाले जनाएको छ ।

सफा, सुनौलो नेपाल र सक्रिय साना किसान कृषि सहकारी संस्थासँगको सहकार्यमा महिला उद्यमशिलता सहयोग परियोजनाका लागि उक्त संस्थाको सहयोगमा कार्यक्रम शुरु गरिएको हो । सिएफपिए नेपालमा काम गर्ने पहिलो चिनियाँ गैरसरकारी संस्था हो ।

देवचुली नगरपालिका सिएफपिए नेपालको देशीय निर्देशक जाउ, सफा सुनौलो नेपाल संस्थाका सचिव राकेश हमाल र सहकारीका अध्यक्ष मीना सुवेदीबीच सम्झौतापत्रमा हस्ताक्षर भइ सो रकम हस्तान्तरण गरिएको हो ।

गिभ टु एसिया नामक अन्तर्राष्ट्रिय दातृ संस्थाको आर्थिक सहयोगमा सञ्चालित सो नेपाली महिला उद्यमशिलता सहयोग कार्यक्रमबाट देवचुली नगरपालिकाका विपन्न दलित तथा जनजाति समुदायका करीब ४०० घरधुरीले प्रत्यक्ष लाभ लिन सक्ने उक्त संस्थाले बताएको छ । कार्यक्रमबाट चिनियाँ लघुवित्त नमूना नेपालमा पहिलो प्रयोग हुनेछ भने स्थानीय महिलाको आर्थिक अवस्था सुधार्न कार्यक्रम महत्वपूर्ण हुने सीएफपीए नेपालका प्रमुख जाउले विश्वास व्यक्त गर्नुभयो ।

चीनको गरिबी निवारणमा २० वर्षदेखि निरन्तर सञ्चालित यस प्रकारको कार्यक्रमले चीनमा महत्वपूर्ण सफलता प्राप्त गरेको छ । नेपालमा पनि यसको सफलताको अनुभव प्रयोग गरी कार्यक्रमको तर्जुमा, व्यवस्थापन र कार्यान्वयन गरिएको हो । यस कार्यक्रमबाट विपन्न र बैंकबाट कर्जा प्राप्त गर्न नसक्ने महिलाको उद्यमशिलता क्षमता विकास गरी आर्थिक अवस्था सुधार हुनेछ ।

कार्यक्रमले गरीब तथा विपन्न महिलालाई कर्जा प्रवाह गर्न मात्र नभएर निजी साझेदारीमार्फत समाज विकासको लक्ष्य प्राप्तिका लागि व्यवहारिक ज्ञान, सीप तथा प्रविधि पनि प्रदान गर्ने छ ।

व्यावसायिक तरकारीखेती, पशुपालन, माछापालनलाई प्राथमिकता दिने र यसमा आधारित व्यवसाय, मासु पसल, तरकारी पसल खोल्न मद्दत गर्ने र भविष्यमा आर्थिक रुपले आत्मनिर्भर बन्न महत्वपूर्ण सहयोग हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रचण्ड : एमालेसँग सहकार्य अघि बढ्यो, नयाँ राजनीतिक समीकरणको सम्भावना बलियो

चोभारमा गुडिरहेको कारमा भीषण आगलागी, चालकको जलेर मृत्यु

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu