ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कर तिर्ने सहज वातावरण सरकारले मिलाउनु पर्छ :अर्थमन्त्रि खतिवडा


bhawani desk
८ आश्विन २०७५, सोमबार   ५ : ३४   बजे

बुटवल,८ असोज । अर्थमन्त्रि डा.युवराज खतिवडाले मुलुकको चालु खर्च आफनै आम्दानीवाट संचालन गर्नका लागि पनि केही रुपमा करको दर बढेको बताउनुभयो ।

उहाँले व्यवसाय गर्नेले आय कर र मुल्य अभिबृद्धि कर तिनै पर्छ तर कर तिर्ने सहज वातावरण सरकारले मिलाउनु पर्नेमा जोड दिनु भयो । संघियताले मुलुकमा खर्च बढाएको र सोको परिपूर्तिका लागि करको दर बढाउनु परेकोे बताउनु भयो ।

बुटवल उद्योग वाणिज्य संघको ६५ औं बार्षिक साधारण सभाको सोमवार बुटवलमा उदघाटन गदैं अर्थ मन्त्री खतिवडाले व्यवसाय गरेर आम्दानी गर्नेले र राज्यवाट सेवा लिनेहरुले सरकारलाई कर तिर्ने पर्ने धारणा राख्नु भयो ।

अर्थमन्त्री खतिवडाले देशमा लगानीमैत्री वातावरण बनाउन सरकारले काम गरिरहेको बताउदै मुलुकमा लगानीमैत्री वातावरण बनाउन आवश्यक कानूनहरु १, २ महिनाभित्र संशोधन भइसक्ने दावि गर्नु भयो ।
अर्थ मन्त्री खतिवडाले संघ, प्रदेश र स्थानीय तह तीनवटै तहको सरकारले निजी क्षेत्रसँग सहकार्य गरेर समृद्धिको बाटोमा अघि बढ्नु पर्नेमा जोड दिनु भयो ।

उहाँले वहुवर्षिय आयोजनामा सरकारको अनुगमन गर्ने परिपार्टी कमजोर रहेको खुलासा गदैं नीजि क्षेत्रले सरकारलाई ताकेता गर्नु पर्नेमा जोड दिनु भयो ।

प्रदेश नम्बर ५ का उद्योग, बन, वातावरण मन्त्री लिला गिरीले उद्योगी व्यवसायीले प्रदेशको राजधानी रहेको बुटवलमा सोको स्थायीत्वका लागि महत्वपूर्ण योगदान दिएकोमा प्रसंशा व्यक्त गदै प्रदेश सरकारले आफनो भौतिक संरचना बनाए पछि उद्योगी व्यवसायीका संरचना फिर्ता गर्ने समेत बताउनु भयो ।

संघका अध्यक्ष खिम बहादुर हमालको सभापतित्वमा भएको कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, जिल्ला नगर उपाध्यक्ष किशोर प्रधान, एशोसिएट उपाध्यक्ष चन्द्र ढकाल तथा केन्द्रिय सदस्य सुरेन्द्र श्रेष्ठ संघका महा सचिव दिनेश श्रेष्ठ सहित बिभिन्न जिल्ला नगर उद्योग वाणिज्य संघका अध्यक्षहरुले उद्योग, पेशा व्यवसाय गर्ने वातावरण नहुदाँ समस्या विकराल भएको भन्दै संघियतासंगै सवै क्षेत्रमा कर बढेको गुनासो राख्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

सम्बन्धित

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

अतिधनीहरूको उदय : २,४०० वर्षअघि प्लेटोले देखेको खतरा

रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटेपछि प्रधानमन्त्री बन्ने सम्भावनासमेत बलियो

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group