ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारद्वारा जटिल प्रकारका रोगीलाई राहत दिइयो


एबीसी न्यूज
१० आश्विन २०७५, बुधबार   १० : ५६   बजे

घोराही, १० असोज । सरकारले विपन्न परिवारको लागि भनेर विभिन्न प्रकारका जटिल रोगको उपचारको लागि राहत दिन थालेको छ । देश भरका विभिन्न अस्पताललाई सूचीकृत गरी क्यान्सर, ब्रेन ट्युमर, मुटु रोग, अल्जाइमर, थालेसिमिया, मिर्गौला, सिकलसेल, स्पाइनल इन्जुरीलगायत रोगका बिरामीलाई उपचारको लागि सिफारिश गर्ने गरेको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालयका प्रशासन शाखा अधिकृत मीनराज पाण्डेका अनुसार आर्थिक वर्ष २०७४÷७५ देखि चालू आवको असोज पहिलो सातासम्म जिल्ला जनस्वास्थ्य कार्यालयबाट विभिन्न रोगका ५४० बिरामीले उपचार पाएका छन् ।

अल्जाइमरको एक जना, क्यान्सरको २००, थालेसिमियाको एक, बे्रन ट्युमरको पाँच, मुटु रोगको ७८, मिर्गौलाको ६१, सिकलसेलको ३६, स्पाइनल इन्जुरीको आठ तथा हेडइन्जुरीको १२ बिरामीको उपचार गरिएको छ । उपचार गराउनेमा २९४ पुरुष र २४६ महिला रहेका छन् ।

बिरामीले कम्तीमा रु एक लाखसम्मको निःशुल्क उपचार सेवा पाउने गरेको शाखा अधिकृत पाण्डे बताउनुहुन्छ । सो उपचार पाउन आफू बसिरहेको स्थानीय तहबाट विपन्न परिवार भएको सिफारिश, नागरिकता, जिल्ला बाहिरबाट आएको भए बसाइँसराइको कागज, बालबालिकाको भए जन्मदर्ता, अभिभावकको नागरिकता, रोग पहिचान भएको अस्पतालको सिफारिशसहितको कागजात आवश्यक पर्छ ।

ती सबै कागजपत्र जिल्ला जनस्वास्थ्य कार्यालयमा बुझाएपछि तोकिएको र पाएक पर्ने अस्पतालबाट बिरामीले निःशुल्क उपचार गराउन सक्ने व्यवस्था छ ।

हाल सरकारले निःशुल्क उपचारका लागि काठमाडौँस्थित वीरअस्पताल, शिक्षण अस्पताल महाराजगञ्ज, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुर, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, कान्तीबाल अस्पताल काठमाडौँ, गङ्गालास राष्ट्रिय हृदय केन्द्र बासबारी, निजामती कर्मचारी अस्पताललगायतका देशभरका ७६ स्वास्थ्य संस्थालाई सूचीकृत गरेको छ ।

दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपालगञ्जको भेरी अञ्चल अस्पताल पनि सरकारको सूचीकृत स्वास्थ्य संस्थामा छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सिकलसेल र डायलाइसिस सुविधा मात्र उपलब्ध छ ।

विपन्न परिवारको लागि भनेर ल्याएको उक्त सेवामूलक निर्देशिकालाई जिल्ला जनस्वास्थ्य एवं स्थानीय निकायले व्यापक बनाउन सकेका छैनन् । जिल्लाबाट उक्त सेवाको सिफारिश पाउने बिरामीको सङ्ख्या न्यून छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रचण्ड : एमालेसँग सहकार्य अघि बढ्यो, नयाँ राजनीतिक समीकरणको सम्भावना बलियो

चोभारमा गुडिरहेको कारमा भीषण आगलागी, चालकको जलेर मृत्यु

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu