काठमाडौँ, १२ असोज । नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट निर्वाचित सांसद दीनानाथ शर्माले संविधानको मौलिक हक कार्यान्वयनमा पाएको जिम्मेवारी र दायित्वलाई पूरा गरिएको बताएका छन् ।
राष्ट्रियसभाको वर्षे अधिवेशन समापनको मन्तव्य व्यक्त गर्दै बैठकमा उनले मौलिक हकका विधेयकमा छलफल गरेर पारित गर्न प्रतिपक्षको जिम्मेवारीपूर्ण र रचनात्मक भूमिका रहेको बताए । वर्षे अधिवेशन अन्त्यका क्रममा राष्ट्रियसभामा मन्तव्य राख्दै सभामा प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका सांसद सुरेन्दराज पाण्डेले सहकार्य र सहमतिका कारण धेरै काम गर्न सम्भव भएको बताए । उनले सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाको समन्वयकारी भूमिकाको प्रशंसा समेत गरे ।
प्रतिक्रिया दिनुहोस्