ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

परराष्ट्रमन्त्री ज्ञवालीद्वारा विभिन्न मुलुकका विदेशमन्त्रीसँग भेटवार्ता


एबीसी न्यूज
१३ आश्विन २०७५, शनिबार   ८ : ४८   बजे

न्यूयोर्क, १३ असोज ।  परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आज संयुक्त राष्ट्र सङ्घको मुख्यालयमा आयोजित भूपरिवेष्ठित विकासशील मुलुकहरूको बैठकमा भाग लिनुभयो ।

उक्त अवसरमा उहाँले विश्वव्यापी मूल्य मान्यताका आधारमा अन्तर्राष्ट्रिय व्यापारमा अर्थपूर्ण सहभागिता उपलब्ध गराइ भूपरिवेष्ठित मुलुकले भोगेका समस्या र व्यापार घाटा कम गर्न सकिने बताउनुभयो । उहाँले भूपरिवेष्ठित मुलुकको भाग्यलाई भूजडित मुलुकमा परिणत गर्न प्रयास अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।

आजै परराष्ट्रमन्त्री ज्ञवालीले विभिन्न मुलुकसँगको दुई पक्षीय बैठकमा भाग लिनुभयो । उहाँले संयुक्त राष्ट्र सङ्घको मुख्यालयमा अजरवैजानका विदेशमन्त्री एलमार मामादियारोभसँग भेटवार्ता गर्नुभयो ।

भेटवार्तामा उहाँहरूबीच दुईपक्षीय सम्बन्ध तथा बहुराष्ट्रिय मञ्चमा आपसी सहयोगका विषयमा छलफल भएको संयुक्त राष्ट्र सङ्घका लागि नेपाली नियोगले आज जारी गरेको एक विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यसैगरी परराष्ट्रमन्त्री ज्ञवालीले आजै आयरल्याण्डका विदेशमन्त्री साइमन कोभेनीसँग भेटवार्ता गर्नुभयो ।

भेटवार्तामा दुई मुलुकबीच व्यापार र लगानीका विषयका थप क्षेत्रहरू खोजी गर्ने र दुवै मुलुकका राम्रा अभ्यास साझेदारी गर्ने समझदारी बनेको जानकारी दिइएको छ ।

त्यसैगरी परराष्टमन्त्री ज्ञवालीले आजै संयुक्त राष्ट्र सङ्घको उपमहासचिव अमिना मोहम्मदसँग भेटवार्ता गर्नुभयो । उहाँहरूबीच संयुक्त राष्ट्र सङ्घको विकास प्रणाली र महासचिवको सुधार प्रक्रियामा नेपालले दिनसक्ने योगदानको विषयमा छलफल भएको बताइएको छ ।

यसैगरी आजै पराष्ट्रमन्त्री ज्ञवालीलाई इन्टरनेशनल नेटवर्क फर बाम्बु एण्ड ¥याटनका महासचिव डा. हान्स फ्रेडरिखले नियोगको कार्यालयमा भेट गर्नुभयो । उक्त अवसरमा दिगो विकासका लागि बाँस तथा निगालोको भूमिकाका विषयमा छलफल भएको जानकारी दिइएको छ ।
–––

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

रास्वपा महाधिवेशनमा मतदान जारी

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

रास्वपा महाधिवेशनमा मतदान जारी

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group