ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कृत्रिम गर्भाधानबाट सिंहका बच्चा जन्माइयो


admin
१४ आश्विन २०७५, आइतबार   ३ : १४   बजे

 

एजेन्सी, १४ असोज । दक्षिण अफ्रिकाको राजधानी प्रिटोरियाभन्दा बाहिर रहेको संरक्षण केन्द्रमा आजभोलि सिंहका दुईवटा बच्चा फुर्तीका साथ खेलिरहेको देख्न पाइन्छ । तर यी बच्चाहरु विशिष्ट किसिमका छन् ।

“यी बच्चाहरु कृत्रिम गर्भाधानबाट जन्माइएका हुन् । विश्वमै यो पहिलो प्रयोग हो,” प्रिटोरिया विश्वविद्यालयले घोषणा गरेको छ । यो विश्वविद्यालयका वैज्ञानिकहरु पोथी अफ्रिकी सिंहको प्रजनन प्रणालीबारे अध्ययन गरिरहेका छन् ।

सिंहले गत अगस्ट २५ मा दुईवटा बच्चा जन्मायो, एउटा भाले र अर्को पोथी । तिनीहरु दुवै स्वस्थ र सामान्य छन्, विश्वविद्यालयका अनुसन्धान निर्देशक आन्द्रे ग्यान्सविन्टले बताउनुभयो । उहाँको टोलीलाई १८ महिनाको गहन परीक्षणपछि यस्तो सफलता प्राप्त भएको हो ।

“हामीले शुरुमा स्वस्थ सिंहबाट विर्य सङ्कलन गरेका थियौं,” ग्यान्सविन्टले भन्नुभयो । त्यसपछि पोथी सिंह गर्भाधानका लागि योग्य भएपछि कृत्रिम रुपबाट गर्भाधान गराइएको थियो । “भाग्यवस, यो सफल भयो,” ग्यान्सविन्टले थप्नुभयो, “विगतमा पनि धेरैपटक प्रयत्न गरिएका थिए, तर यस पटक आश्चर्य भयो, धेरै मिहिनेत गर्नु परेन ।”

उहाँले यो सफलतालाई विस्तार गर्न सकिने बताउनुभयो । वैज्ञानिकहरुले यो विधिलाई प्रयोग गरी अन्य सङ्कटापन्न बाघ, सिंह, चितुवाजस्ता प्राणीको संरक्षण गर्न सकिने बताएका छन् ।

अफ्रिकाका २६ वटा मुलुकबाट सिंह बिलुप्त भइसकेका छन् र सिंहको संख्या दुई दशकभित्रै करिब ४३ प्रतिशतले घटेको छ । अहिले विश्वभर करिब २० हजार मात्र सिंह बाँकी रहेको अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघले जनाएको छ । संघले अफ्रिकी सिंह सबैभन्दा जोखिममा रहेको बताएको छ ।

“हामीले अहिल्यै केही गरेनौं भने यहाँका सिंह बिलुप्त हुन्छन्,” ग्यान्सविन्टले बताउनुभयो ।

उहाँले सिंहलाई नै एक ठाउँबाट अर्को ठाउँमा प्रजननका लागि लैजानु पर्ने अवस्थाको अब अन्त्य भएको बताउनुभयो । नयाँ प्रविधिको प्रयोग मार्फत अब सिंहको विर्यमात्र एक ठाउँबाट अर्को ठाउँमा लगे पुग्ने अवस्था सिर्जना भएको छ । उत्तरी अमेरिका र युरोपमा समेत हात्तीको प्रजनन गराउन यस्तै प्रविधि प्रयोगमा आउन थालिसकेको छ ।

सिंहमाथिको यो परीक्षण राजधानी प्रिटोरियाभन्दा करिब ८० किलोमिटर उत्तरपश्चिमको उकुटुला संरक्षण केन्द्रमा गरिएको थियो ।

तर जीवजन्तुका क्षेत्रमा क्रियाशील संघसंस्थाहरुले यो अनुसन्धानप्रति त्यति चासो दिएका छैनन् । “दक्षिण अफ्रिकी यो प्रविधिले नाफामुखी प्रवृत्ति निम्त्याउने खतरा देखिन्छ,” बोर्न फ्री फाउन्डेसनका मार्क जोन्सले बताउनुभयो ।

“यो विधिले सिंह जन्माउने, सिंहको शिकार खेल्ने तथा सिंहका हाडखोरको व्यापार हुने मात्र हो, र यसले सिंहको संरक्षणमा केही पनि योगदान दिँदैन,” उहाँले भन्नुभयो ।

अठार वटा अन्तर्राष्ट्रिय तथा अफ्रिकी संरक्षण संस्थाहरुले वैज्ञानिकहरुलाई एक पत्र लेखी अध्ययनप्रति विमती जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

‘खराब मानिस’बाट ‘बुद्धिमान नेतृत्व’सम्म : ट्रम्प नेतृत्वको दक्षिणपन्थी राजनीतिले इरानप्रतिको दृष्टिकोण किन बदल्दैछ?

पाकिस्तान र इरानद्वारा द्विपक्षीय सम्बन्ध सुदृढीकरण र क्षेत्रीय शान्तिका लागि प्रतिवद्धता व्यक्त

विश्वमञ्चमा अमेरिकाप्रतिको अस्ट्रेलियाली विश्वास ऐतिहासिक रूपमा घट्यो

एचआईभी विरुद्धको अभियानलाई तिब्रता दिन संयुक्त राष्ट्रसंघका महासचिवको आह्वान

हंगेरी शिखर सम्मेलनः भिसेग्राद समूहद्वारा क्षेत्रीय सहयोग र समन्वय सुदृढ गर्ने प्रतिवद्धता

इरानविरुद्ध सैन्य कारबाही गर्ने राष्ट्रपतिको अधिकारमाथि अङ्कुश लगाउने प्रश्ताव अमेरिकी सिनेटबाट पारित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group