ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

छोराछोरीको कमाईबाट केही रकम बाबुआमाका लागि छुट्टयाउनै पर्ने कानूनी व्यवस्था गरिने – प्रधानमन्त्री ओली


एबीसी न्यूज
१५ आश्विन २०७५, सोमबार   ७ : ५३   बजे

काठमाडौँ, १५ असोज ।  प्रधानमन्त्री केपी शर्मा ओलीले २८औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा सम्पूर्ण नेपाली ज्येष्ठ नागरिकप्रति सुस्वास्थ्य र दीर्घायुको शुभकामना व्यक्त गर्दै छोराछोरीको कमाइको निश्चित प्रतिशत बाबुआमाका लागि छुट्टयाउनै पर्ने कानूनी व्यवस्था गरिने बताउनुभएको छ ।

ज्येष्ठ नागरिक अनुभवका खानी रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले जीवनका विभिन्न उकाली–ओराली पार गर्दै असीम ज्ञान, सीप र अनुभव सङ्गालेका देशका आदरणीय बुबाआमाको कदर र सम्मान गर्न नसक्ने समाज सभ्य कहलिन नसक्ने उल्लेख गर्नुभएको छ । “त्यस्तो समाज अघि बढ्न पनि सक्दैन”, प्रधानमन्त्रीले भन्नुभएको छ, “ज्येष्ठ नागरिकका अनुभव देश निर्माणका लागि महत्वपूर्ण हुन्छ । त्यसैले एक पटक फेरि म ज्येष्ठ नागरिकको हकहित संरक्षण र सम्वद्र्धनका लागि सरकारको प्रतिबद्धता दोहो¥याउन चाहन्छु ।”

संयुक्त राष्ट्र सङ्घको आह्वानमा यस वर्ष ज्येष्ठ नागरिक अधिकार अभियन्ताको अभिनन्दन गरौँ भन्ने मूल नाराका साथ आज ज्येष्ठ नागरिक दिवस मनाइँदैछ । यस अवसरमा नेपाल सरकार, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले संयुक्तरुपमा विभिन्न जनचेतनामूलक कार्यक्रमको आयोजना गर्दैछन् ।

नेपालमा स्वास्थ्य सेवामा बढ्दो पहुँच, आर्थिकस्तरमा भएको प्रगति, खाद्यान्नको पर्याप्ततालगायतका कारण व्यक्तिको औषत आयु बढिरहेको छ । “यसले गर्दा समाजमा आउँदा दिनमा ज्येष्ठ नागरिकको जनसङ्ख्यामा वृद्धि हुँदै जानेछ तर बदलिएको परिवारिक संरचना तथा व्यक्तिको जीवनशैली र रोजगारीका लागि युवाको विदेशिने क्रमका कारण घरघरमा ज्येष्ठ नागरिक एक्लिएका छन्”, प्रधानमन्त्रीले भन्नुभएको छ, “कतिपय अवस्थामा ज्येष्ठ नागरिकले आफन्तबाटै अपहेलित र उपेक्षित भएर जीवन बिताउनु परेको छ । सरकार ज्येष्ठ नागरिकका यस्ता समस्याप्रति गम्भीर छ ।”

ज्येष्ठ नागरिकको दैनिकीलाई सहज बनाउन ज्येष्ठ नागरिक भत्ताका अतिरिक्त सरकारले यसै आर्थिक वर्षदेखि ज्येष्ठ नागरिक बीमा कार्यक्रम पनि सञ्चालन गरेको प्रधानमन्त्रीले उल्लेख गर्नुभएको छ । प्रधानमन्त्रीले बाबुआमाबाट सन्तानले अंश दाबी गर्ने तर वृद्ध अवस्थामा बाबुआमाको उपेक्षा गर्ने प्रवृत्तिको अन्त्य गर्न सरकार कटिबद्ध बताउनुभएको छ, “त्यसैले छोराछोरीको कमाइको निश्चित प्रतिशत बाबुआमाका लागि छुट्टयाउनै पर्ने कानूनी व्यवस्था गरिने भएको छ । यससम्बन्धी कानूनी प्रावधानको व्यवस्था गर्न ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ मा आवश्यक संशोधन गर्ने प्रक्रिया अघि बढिसकेको छ”, प्रधानमन्त्रीले भन्नुभएको छ, “ज्येष्ठ नागरिकको उचित र सम्मानित व्यवस्थापन वृद्धाश्रम निर्माण गरेर होइन, सन्तानले नै वृद्ध बाबुआमाको रेखदेख गर्नु पर्दछ भन्ने हाम्रो सामाजिक मान्यताको प्रवद्र्धन गरेर मात्र सम्भव छ ।”

प्रधानमन्त्रीले वृद्ध बाबुआमाको रेखदेख पारिवारिक वातावरणमा हुन सकेको खण्डमा फरक पुस्ताबीचको अन्तक्र्रिया बढ्ने उल्लेख गर्नुभएको छ । “अग्रजका अनुभवबाट छोरानाति पुस्ताले पनि शिक्षा ग्रहण गर्न सक्दछन् । त्यसैले ज्येष्ठ नागरिक समाजका मार्गदर्शक हुन् भन्ने कुरा हामीले कहिल्यै भुल्नु हुँदैन” प्रधानमन्त्रीले भन्नुभएको छ ।
–––

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढी : चितवनमा हालसम्म १३५ शव फेला, पहिचानका लागि अस्थायी कक्ष स्थापना

रसुवा बाढी : आफ्ना १८ नागरिक खोज्न तस्बिरसहित घटनास्थल पुगे थाहा नगरप्रमुख

सम्बन्धित

नारायणी किनारमा थप शव भेटिँदै, पश्चिम नवलपरासीमा हालसम्म २६ जनाको शव फेला

बाढी प्रभावित ग्राहकलाई वर्ल्डलिंकको राहत, इन्टरनेट सेवा बन्द नहुने

बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा लुछ्ने दुई जना पक्राउ

भोटेकोसी बाढीका ८६ घाइते विभिन्न अस्पतालमा उपचाररत, ४८ जना डिस्चार्ज

इच्छाराज तामाङसहित १७ जना सहकारी ठगीमा दोषी ठहर

भोटेकोसी बाढीपीडितका लागि एकै दिन २७ करोडभन्दा बढी सहयोग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu