काठमाडौँ, १७ असोज । मलेसिया र नेपालबीच श्रम सम्झौताको मस्यौदामा सहमति भएको छ । भिसा प्रक्रियामा लाग्ने सबै खर्च मलेसियन रोजगारदाताले बेहोर्ने सहमतिसँगै अब नेपाली कामदार निःशुल्क रुपमा मलेसिया जान पाउने भएका छन् ।
दुवै पक्षले आन्तरिक प्रक्रिया पूरा गरेर छिट्टै श्रम सम्झौता गर्ने तयारी श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले बताए । केही दिनमै मलेसियाका श्रम मन्त्री नेपाल आउने कार्यक्रम छ । दुईपक्षीय हस्ताक्षेरपछि चार महिनादेखि बन्द रहेको मलेसियाको रोजगार खुल्नेछ ।
गत जेठमा मन्त्री विष्टले कामदारबाट थप शुल्क लिने संस्था खारेज गरेर कामदार पठाउन रोक लगाएपछि मलेसियाले नेपालसँग श्रम सम्झौता गर्न बाध्य भएको हो ।
यसअघि मलेसिया सरकारसँग मिलेर खडा गरिएका भीएलएन, जीएससी, वानस्टप सेन्टरलगायतका नाममा नेपाली कामदारबाट प्रतिव्यक्ति करिब १९ हजार अतिरिक्त शुल्क लिने गरिएको थियो । श्रम सम्झौतामा हस्ताक्षर भएपछि अब मलेसिया जाने नेपालीले म्यानपावर बाहेक अरुलाई पैसा दिनु पर्दैन ।
प्रतिक्रिया दिनुहोस्