ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चाडबाड सुरक्षाका लागि भक्तपुर प्रहरीको व्यापक तयारी


admin
१९ आश्विन २०७५, शुक्रबार   ११ : १३   बजे

भक्तपुर । दशैंको वेलामा समाजमा चोरी,डकैती जस्ता विभिन्न अपराधिक गतिविधिहरु अलि बढिनै हुने गर्दछन् । समाजमा गलत मसाय बोकेका मानिसहरु सक्रियताको कोही पनि सिकार नबनुन भनेर भक्तपुर प्रहरीले दशै सुरक्षा योजना सार्वजनीक गरेको छ । समाजलाई विगार्ने तत्वबाट समाजलाइ जोगाउन भक्तपुर प्रहरी दिन रात नभनी निरन्तर खटिरहेने जनाइएको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरले दशैं, तिहारमा हुने चोरी, डकैती र विभिन्न आपराधिक घटना रोक्न सुरक्षा योजना सार्वजनिक गरेको छ । प्रहरी परिसर भक्तपुरले दशैं, तिहार र छठ पर्वको मौका छोपी हुने कुनै पनि आपराधिक घटना घटाउने समुहलाई समाजमा सक्रिय हुन नदिन विशेष सुरक्षा योजना सार्वजनिक गरेको महानगरिय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरिक्षक हिमालय कुमार श्रेष्ठले जानकारी दिए । उनले समाजमा हुने हरेक आपराधिक गतिविधिलाई नियन्त्रणमा लिने भक्तपुर प्रहरीको पहिलो प्राथमिकतामा रहेको बताए ।

अहिले भक्तपुर प्रहरीका वृत्त,प्रभाग तथा इकाइहरु अरुवेलाको भन्दा बढिनै सक्रिय रहेका छन् । प्रहरीले बैंक, वित्तिय संस्था, सुनचादी पसललगायत आर्थिक कारोबार हुने स्थानमा प्रहरिको निगरानी बढाएको श्रेष्ठको भनाइ छ । भक्तपुरका ग्रामीण क्षेत्रमा मोबाइल तथा पैदल गस्ती,मुख्य राजमार्ग तथा सहायक राजमार्गमा हुने आपराधिक गतिविधि र सडक दुर्घटना नियन्त्रण गर्न प्रहरी बढि सक्रिय रहेको श्रेष्ठको भनाइ छ ।

पछिल्लो समय अरनिको राजमार्गमा हुने सवारी दुर्घटना अझ चुनौतिको रुपमा देखापरेको र यसलाई न्यूनिकरण गर्न सम्पूर्ण सरोकारवाला एक भएर लाग्नु पर्ने श्रेष्ठको भनाइ छ । यस सडक खण्डमा हुने सवारी दुर्घनालाई कमगर्न भक्तपुर प्रहरीको विशेष योजना रहेको श्रेष्ठको भनाइ छ ।

समाजमा हुने हरेक किसिमका अपराधलाई नियन्त्रण गर्ने जिमेवारी प्रहरीको मात्रै नभइ आम नागरिक त्यतिनै जिम्मेवार हुने भएकाले भक्तपुरमा शान्ति सुरक्षा कायम गर्न सबै भक्तपुर बासी नै जिम्मेवार बन्नु पर्ने प्रहरी उपरिक्षक श्रेष्ठको कथन छ ।

समाजमा हुने सामाजिक कुरिती र कुसस्कारका विरुद्ध लडन नेपाल प्रहरीको मात्रै कर्तव्य हो भन्ने सोच्नु गल्ती हुन जान्छ । समाजमा बस्ने हरेक नागरिकले आफ्नो समाजलाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन महत्वपूर्ण भूमिका खेल्नु नै सबैको कर्तव्य भित्र पर्दछ । यही कर्तव्यको पालना गर्दै अपराध मुत्त समाज बनाउने हरेक अभियानमा साथ दिनु सबैको दायित्व हुन जान्छ । दशैंको वेला मात्रै होइन समाजमा जहिले पनि अमनचयन कायम गर्न सबैले ध्यान दिने हो कि ?

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group