ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कुन–कुन शहर बन्दैछ अत्याधुनिक ?


admin
१९ आश्विन २०७५, शुक्रबार   ११ : ३७   बजे

काठमाडौं । पहिलो पटक संघियताको अभ्यास गरेको नेपालको अवको प्रमुख लक्ष्य समृद्ध नेपाल हो । समृद्धिको महत्वपुर्ण आधार व्यवस्थित पुर्वधार निर्माण पनि हो । यसका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायको पहलमा छलफल निरन्तर जारी छ ।

लामो राजनीतिक संक्रमणकालको अन्त्यपछि संविधानसभाबाट नयाँ संविधान जारी गर्दै संघीय गणतन्त्रसहितको यात्रा तय गरेको एक वर्ष पुरा भएको छ । त्यही संविधानअनुसार निर्वाचन भई नेपाल कम्युनिष्ट पार्टीको दुई तिहाई बहुमत प्राप्त संघीय सरकारले विकास र समृद्धिलाई मुख्य नारा बनाएको छ । तर, प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएको आठ महिनामा पनि नागरिकका दैनिक जीवनसँग सरोकार राख्ने विषयहरुको सम्बोधन नहुँदा आलोचना बढ्न थालेको छ । जनस्तरमा आलोचना भए पनि सरकारले आफ्नो नाराअनुसारको काम अघि बढाइरहेको बताउँदै आएको छ ।

बिहीबार सहरी विकास मन्त्रालय र एशियाली विकास बैकको सहकार्यमा शहरी कोरिडोरको पहल तथा व्यवस्थित शहर निर्माणका विषयमा छलफल भएको छ । छलफलको उद्घाटन समारोहमा सहरी विकास मन्त्री मोहम्मद इश्तियाक राईले विराटनगर, बुटवल, वीरगंजलगायत देशका मुख्यमुख्य क्षेत्रमा शहरी विकास परियोजना संचालन गर्न लागिएको बताए । सहरी विकास परियोजना कार्यान्वयनसम्बन्धी अवधारणा सार्वजनिक गर्दै मन्त्री राईले सहरी विकाससम्बन्धी महत्वकांक्षी परियोजना संघीय सरकार एक्लैले कार्यान्वयन गर्न नसक्ने स्पष्ट पारे । संघीय सरकारले एसियाली विकास बैंकले तयार पारेको परियोजनाको अवधारणा लागू गराउन आवश्यक सहयोग गर्न निजी क्षेत्रका व्यवसायीहरुलाई आग्रह समेत गरेका छन् ।

सरकारले लिएको लक्ष्य प्राप्तिका लागि शहरी विकाससम्बन्धी सचेतना, जमिनको व्यवस्थापन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीलाई प्राथमिकता दिई अघि बढ्न जरुरी रहेको विज्ञहरुको ठम्याइ छ । पूर्वी र पश्चिमी नेपाल दुवैतर्फको कोरिडोर क्षेत्रमा बसोबास बढ्दै गएको छ । यसको वैज्ञानिक व्यवस्थापन साथै समावेशीतासहितको दिगो विकास, समृद्ध नेपालको सपनामा एउटा आधार बन्ने उनीहरुको सुझाव छ ।

सन् २०३० को अन्त्यसम्म पश्चिमी कोरिडोरस्थित लुम्बिनी विश्वव्यापी सांस्कृतिक केन्द्र परिणत हुने र २०३० को अन्त्यसम्म अथवा २०५० भित्र पूर्वी कोरिडोरमा गुणस्तर आउने विज्ञहरुको दावी छ । यसका लागि अहिलेको अवस्थाको विश्लेषण र योजनाहरुलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न आवश्यक छ । सामाजिक, सांस्कृतिक र आर्थिक विकासका साथै सुशासन र व्यवस्थापनलाई केन्द्रविन्दुमा राखी योजनाहरु तय गरेमा पक्कै पनि असम्भव भने छैन । जे होस् यस्तो खालको छलफल र बहसले सरकारलाई सही मार्गदर्शन दिन टेवा पुग्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढी : चितवनमा हालसम्म १३५ शव फेला, पहिचानका लागि अस्थायी कक्ष स्थापना

रसुवा बाढी : आफ्ना १८ नागरिक खोज्न तस्बिरसहित घटनास्थल पुगे थाहा नगरप्रमुख

सम्बन्धित

नारायणी किनारमा थप शव भेटिँदै, पश्चिम नवलपरासीमा हालसम्म २६ जनाको शव फेला

बाढी प्रभावित ग्राहकलाई वर्ल्डलिंकको राहत, इन्टरनेट सेवा बन्द नहुने

बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा लुछ्ने दुई जना पक्राउ

भोटेकोसी बाढीका ८६ घाइते विभिन्न अस्पतालमा उपचाररत, ४८ जना डिस्चार्ज

इच्छाराज तामाङसहित १७ जना सहकारी ठगीमा दोषी ठहर

भोटेकोसी बाढीपीडितका लागि एकै दिन २७ करोडभन्दा बढी सहयोग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu