ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मनोमानी सामान बेच्न पाउनुपर्ने दलबारमार्गका व्यवसायीको माग


admin
२४ भदौ २०७४, शनिबार   ८ : ३०   बजे

काठमाडौं, २४ भदौं । ब्राण्डेड सामानको हबको रुपमा चिनिएको दरबारमार्ग क्षेत्रका व्यवसायीले नाफामा अंकुश लगाउने कानुन खारेजीको माग गरेका छन् । सरकारले बढी मूल्यमा सामान बेचेको भन्दै छापा मारेर केही पसलमा शिलबन्दी गरेपछि व्यवसायीले यस्तो माग गरेका हुन् ।

सरकारले अत्याधिक मुनाफा लिएको भन्दै ब्राण्डेड बजारको रुपमा परिचित दरबारमार्गका केही पसलमा सिलबन्दी गरेपछि व्यवसायीले मनोमानीमा नाफा आर्जन गर्न पाउनुपर्ने अडान अघि सारेका छन् । खुल्ला बजार अर्थतन्त्रको कुरा गर्ने सरकारले २० प्रतिशत भन्दा बढी मुनाफा लिन नपाउने पुरानै ऐन अनुसार अघि बढेको भन्दै उनीहरुले मुनाफा तोक्ने कानुन खारेजीको माग गरेका हुन् ।

केही सरकारी कर्मचारीको गलत नियतका कारण समय समयमा अनुगमनका नाममा आफुहरुलाई आतंकित र बद्नाम गराउने काम भएको व्यापारीले आरोप लगाए । भन्सारमा न्युन विजकीकरणको समस्याका कारण पनि समस्या भएको भन्दै व्यवसायीले समस्या तत्काल समाधान गर्नुपर्ने बताएका छन् ।

आपूर्ति मन्त्रालयले यही भदौ १९ र २१ गते अनुगमनका क्रममा बढी नाफा लिएको भन्दै दरबारमार्गका ९ वटा पसल सिलबन्दी गरेको थियो । आपूर्ति व्यवस्थापन तथा उपभोक्ताहित संरक्षण विभागले अनुगमन गरिएका २४ पसलमध्ये ९ वटामा सिलबन्दी र १५ वटालाई खरिद–बिक्री बिलसहित उपस्थित हुन निर्देशन दिएको थियो । यसपछि दरबारमार्ग क्षेत्रका अन्य व्यापारीले पनि पसल बन्द गरेर सरकारी अनुगमनको विरोध गरेका छन् ।

दशैको पुर्वसन्ध्यामा पसल बन्द भएपछि दैनिक एक करोडभन्दा बढीको नोक्सानी भएको दरबारमार्ग विकासबोर्डले दाबी गर्दै आएको छ । दरबारमार्गमा ब्रान्डेड सामानका सोरुमहरू सहित १ सय ५० बढी पसल छन् । विभागले बेन्ट्ली ब्रान्डको सामान बिक्री गर्ने द लेदर प्रालिको बिक्री बिल जफत गर्नुको साथै रिबुक, बोसनी, लेभिज, स्टोर वान, पुमा र नाइक ब्रान्डका सामान बिक्री गर्ने पसल सिलबन्दी गरेको हो । त्यस्तै सुलक्स स्टो र वाच एन्ड सी दुई घडी पसल पनि बढी नाफा लिएको पाएपछि सिलबन्दी गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मकवानपुरमा तरकारी बोकेको ट्रक १०० मिटर तल खस्यो, एक जनाको मृत्यु

सरकारसँगै डराइरहेका छन् व्यवसायी …

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu