एजेन्सी, १९ असोज । भारतको उत्तर प्रदेशमा शुक्रबार विहान एक सैनिक विमान दुर्घटनाग्रस्त भएको छ । यस दुर्घटनामा मानवीय क्षति नभएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।
सो विमानमा रहेका दुई जना चालकको भने सकुशल विमानबाट बाहिर निस्किेका छन् । उत्तर प्रदेशको प्रान्तीय राजधानी लखनउबाट ५८५ किलोमिटर उत्तरपश्चिममा रहेको बाघपात जिल्लास्थित उखुबारीमा सो विमान दुर्घटनाग्रस्त भएपछि चालकहरु बाहिर निस्किेका थिए ।
उक्त विमानमा दुई चालक मात्र थिए । भारतीय वायु सेवा निगमको दुई सिटमात्र भएको यो विमान शुक्रबार विहान सबेरै दुर्घटनाग्रस्त भएको थियो ।
प्रतिक्रिया दिनुहोस्