ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

क्यामरुनको अर्थतन्त्रमाथि अशान्ति, कट्टरपन्थी आक्रमणबाट आघात


admin
१९ आश्विन २०७५, शुक्रबार   २ : ४०   बजे

एजेन्सी, १९ असोज । सिद्धान्ततः क्यामरुनको अर्थतन्त्रमा के छैन ? यहाँ खनिज तेल, हिरा र सुन छ, कृषिका लागि अनुकूल अवस्था छ । तर आइतबारका लागि तोकिएको राष्ट्रपतीय निर्वाचनमा ८५ वर्षीय पल बीया राष्ट्रपतिको सातौं कार्यकालका लागि चुनावी मैदानमा हुनुहुन्छ ।

यी वयोवृद्ध नेताले लामो समयदेखि नेतृत्व सम्हालेको क्यामरुनको आर्थिक परिदृश्य चित्ताकर्षक छैन । यथार्थमा, क्यामरुनको अङ्ग्रेजीभाषी अशान्त क्षेत्रबाट उद्योग व्यवसाय पलायन हुँदैछ र बेरोजगारी दर एकाएक बढेको छ । उत्तरी क्षेत्रमा बोको हरामको नियन्त्रणमा कायम छ भने यहाँ विकास निर्माणको कुनै नयाँ योजना छैन ।

क्यामरुनका दुईवटा अङ्ग्रेजीभाषी क्षेत्रका जनताको आयको मुख्य स्रोत नै कफी र कोको हो । क्यामरुनको अरेबिका कफीको ७५ प्रतिशत हिस्सा यही उत्तर–पश्चिमी भूभागमा उत्पादन हुने गर्दछ ।

गत महिना क्यामरुनको श्रमिक कार्यालय जिकामले सार्वजनिक गरेको विवरणमा दुबै बालीको निकासीमा २० प्रतिशतले कमी आएको उल्लेख छ । असुरक्षा र अशान्तिका कारण धेरै मानिस भागेका कारण निकासीमा भारी कमी आएको जिकामको भनाइ छ ।

सन् २०१७ देखि नै यी दुवै अङ्ग्रेजीभाषी क्षेत्रमा लडाइँका घटना दिनहुँ भइरहेका छन् । मुख्य रुपमा फ्रान्सेलीभाषी क्यामरुनबाट यी अङ्ग्रेजीभाषीले स्वतन्त्रताको माग गर्दै पृथकतावादी सशस्त्र आन्दोलन गरिरहेका छन् ।

अङ्ग्रेजीभाषी क्षेत्रका कैयौं गाउँमा क्यामरुनको झण्डाको सट्टामा स्वघोषित अम्बाजोनिआ गणतन्त्रको झण्डा गाडिएको पाइन्छ । अन्तर्राष्ट्रिय क्राइसिस ग्रुपका अनुसार एक हजारभन्दा बढी लडाकूहरुले ग्रामीण इलाका र मुख्य सडकहरुमा कब्जा जमाएका छन् ।

यी लडाकूहरुले सरकारी निकायमाथि मुख्य रुपमा आक्रमण गर्ने गर्दछन् । फ्रान्सेलीभाषीका व्यवसाय र क्यामरुन सरकारमाथि सहानुभूति राख्ने विदेशीहरुमाथि विद्रोहीले लक्षित गर्ने गरेका छन् ।

कम्तीमा १० जना यस्ता व्यवसायी र उनीहरुका कर्मचारीलाई लडाकूहरुले अपहरण गरेका छन् । तर अरु कैयौंको हत्या गरिएको छ ।

कामदारमाथि आक्रमणको चेतावनी दिने, व्यवसाय तोडफोड गर्ने, कामदारका घरमा आगो लगाउने र सवारी साधन चोरी गर्नेजस्ता समस्याबाट प्रताडित यहाँका धेरै कम्पनीले आफ्ना व्यवसाय बन्द गरिसकेका छन् ।
क्यामरुनको दक्षिणपूर्वको बुएमा कार्यालय रहेको एक गैरसरकारी संस्थाले कृषि क्षेत्रमा बेरोजगारी दर ७० प्रतिशतले बढेको जनाएको छ ।

क्यामरुनको सबैभन्दा ठूलो रोजगारदाता क्यामरुन विकास संस्थान (सीडीसी) ले समेत अङ्ग्रेजीभाषी क्षेत्रमा टालटुले कार्य गर्न बाध्य छ । जिकामका अनुसार, सीडीसीका २९ वटा उत्पादन स्थानमध्ये सातवटा मात्र पूर्ण रुपमा सञ्चालनमा छन् ।

“यहाँ सबै बन्द छन्, स्कुल र व्यवसाय पनि बन्द छन् । यो सहर निर्जीव भइसक्यो,” बुएका एक बासिन्दाले गुनासो पोख्नुभयो । यो ठाउँ कुनै समय क्यामरुनको एउटा महत्वपूर्ण आर्थिक केन्द्र थियो ।

सेना र पृथकतावादीबीच दिनहुँजसो भिडन्त हुने गर्दछ । विश्वविद्यालयको छेउछाउ दिनहुँझैं गोली चल्ने गरेको छ । यो विश्वविद्यालय अङ्ग्रेजीभाषी क्षेत्रको महत्वपूर्ण अध्ययनको केन्द्र हो ।

“यो सङ्कटले दिर्घकालीन असर गर्ने सम्भावना बढेको छ,” एकजना मानवीय सहायताकर्मीले बताए ।

जिकामका अनुसार अल्पकालीन रुपमा सञ्चार सञ्जालमा गम्भीर क्षति पुग्नेछ । यदि विद्रोहीले विद्युतका खम्बामा क्षति गरे भने असुरक्षाका कारण यसलाई मर्मत गर्न सकिने छैन

ग्रामीण इलाकाहरुमा बाहिरी विश्वसँगको सम्पर्क त अब ध्वस्त भइसक्यो, बुएका एकजना स्थानीयबासीले दुःख प्रकट गरे । “यो कार्य यहाँको अर्थतन्त्र र जनताको भावी समयका लागि दुःखद हो । मानिसहरुले यो ठाउँ छाड्दैछन्, व्यापार व्यवसाय बन्द भएको छ, तर लडाइँ निरन्तर चालू छ –– हामीले कस्तो किसिमको भावी जीवन चाहेका हौं ?”

संयुक्त राष्ट्रसङ्घका अनुसार यो द्वन्द्वग्रस्त इलाकाबाट दुई लाख ४६ हजार मानिस दक्षिणपश्चिमतर्फ विस्थापित भएका छन् भने २५ हजार नाइजेरियातर्फ पलायन भएका छन् ।

यहीबीच, सुदूर उत्तरी क्षेत्रमा बोको हरामका लडाकूहरुले सन् २०१४ देखि नै आक्रमण जारी राखेका छन् । यहाँ उनीहरुले दुई हजार नागरिक र सेनाको हत्या गर्नुका साथै करिब एक हजारलाई अपहरण गरेका छन् ।

पश्चिमी मुलुकमाथि गालीगलौज गर्ने तथा इस्लामिक शरिया कानुन लागू गराउन चाहने बोको हरामले सन् २००९ देखि नाइजेरियामा आक्रमण गर्न थालेयता कम्तीमा २० हजारको मृत्यु भइसकेको छ । इन्टरनेसनल क्राइसिस ग्रुपका अनुसार बोको हरामले गाउँगाउँबाट मानिसलाई लखेट्ने तथा सरकारी सेना र प्रशासनको गुप्तचरीका लागि १४ हजारलाई परिचालन गरेको छ ।

आर्थिक क्षेत्रमा यहाँ पारेको असर अझ विभत्स छ ।

बोको हरामले आक्रमण गर्नुअघि यो क्षेत्र क्यामरुनकै सर्वाधिक गरिबीको चपेटामा थियो । विगतमा अङ्ग्रेजीभाषी क्षेत्रको अवस्था राम्रै भएपनि सुदूर उत्तरी क्षेत्रमा विकास भएको थिएन । यो क्षेत्रमा व्याप्त गरिबीका कारण बोको हरामले फाइदा लिएको हो ।

“मेरो कार्यस्थल जाकानामा थियो, तर बोको हरामका कारण मैले त्यहाँबाट भाग्नु परेको थियो,” अलि नाम गरेका एक स्थानीयबासीले बताउनुभयो ।

चुनाव प्रचारका क्रममा शनिबार सुदूर उत्तरी प्रान्तको राजधानी माराउ पुगेका राष्ट्रपति बीयाले यस क्षेत्रको पुनर्निर्माणका लागि क्यामरुन सरकारले सक्दो प्रयास गर्ने बताउनुभयो ।

उहाँले खनिज तेलको उत्खननका लागि सर्वेक्षण गर्ने, छिमेकी मुलुक चाडसँग रेलसेवाले जोड्ने तथा पर्यटन क्षेत्रको विकास गर्ने लगायतका योजना प्रारम्भ गर्ने वचनबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अन्तर्राष्ट्रिय संस्थाको विज्ञप्तिप्रति कानुनमन्त्रीको आपत्ति, ‘नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप’

ओलीको ‘ग्रीन सिग्नल’पछि कोसीमा हिक्मत कार्कीकै निरन्तरता, आवश्यक परे सामूहिक राजीनामाको सहमति

सम्बन्धित

ब्राजिलमा शरणार्थी आवेदन अस्वीकृत हुनेमा नेपाली पाँचौं, मानव तस्करीको जालो फेरि उजागर

अन्तर्राष्ट्रिय रूपमा चर्चित ट्राओरेमाथि बुर्किना फासोमा किन उठ्दै छ प्रश्न ?

बिहारको ‘भाजपा गढ’मा प्रशान्त किशोरको ऐतिहासिक जित : जातीय राजनीतिलाई चुनौती ?

पहिलोपटक सार्वजनिक हुँदै शेख हसिना

इजिप्टमा ५ म्याग्निच्युडको भूकम्प

ट्रम्पको इरान सम्बन्धी घोषणापछि कच्चा तेलको मूल्यमा गिरावट, सुनको अवस्था के छ ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu