ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कम्बोडियाका प्रधानमन्त्री जापान र इन्डोनेसिया भ्रमणमा


admin
२० आश्विन २०७५, शनिबार   ११ : ३४   बजे

एजेन्सी,२० असोज । कम्बोडियाका प्रधानमन्त्री समडेच टेचो हुन सेन जापान र इन्डोनेसियाको भ्रमणका लागि शनिबार जापानको राजधानी टोकियो प्रस्थान गर्दै हुनुहुन्छ ।

कम्बोडियाको विदेश मन्त्रालयले दिएको जानकारीअनुसार प्रधानमन्त्री हुन सेन शनिबार साँझ जापानको राजधानी टोकियो प्रस्थान गर्न लाग्नुभएको हो ।
उहाँ जापानमा रहँदा आइतबार त्यहाँ आयोजना हुने दशौँ मेकोङ जापान सम्मेलनमा सहभागी हुनुहुने छ ।

साथै उहाँले त्यहाँ रहँदा उहाँका जापानी समकक्षी जापानी प्रधानमन्त्री सिन्जो आबेसँग द्धिपक्षीय भेटवार्ता गर्नुहुने जनाइएको छ । प्रधानमन्त्री हुन सेन यही अक्टोबर १० मा इन्डोनेसिया प्रस्थान गर्नुहुने छ ।

उहाँ इन्डोनेसियाको बालीमा आयोजना हुने एक सम्मेलनमा यही अक्टोबर १२ मा सहभागी हुनुहुने छ । बालीमा दक्षिणपूर्वी एसियाली राष्ट्रहरुको एक सम्मेलन हुन लागेको छ । सो सम्मेलनमा प्रधानमन्त्री हुन सेनसहित एसियाली देशका अरु पनि प्रधानमन्त्रीहरुको सहभागिता रहने छ ।

यस सम्मेलनलाई उच्चस्तरीय एसियाली सम्मेलन नाम दिइएको छ । सो सम्मेलनलगत्तै बालीमा विश्व वैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको पनि बैठक हुन लागेको छ ।

एसियाली नेताहरु यही अक्टोबर १२ मा आयोजना हुने विश्व वैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको विशेष बैठकको उद्घाटन सत्रमा सहभागी हुने कार्यक्रम रहेको प्रधानमन्त्री हुनसेनसँगै रहेका कम्बोडियाली एकजना मन्त्री सेरी थामारोङले जानकारी दिनुभएको छ ।

थामारोङलले प्रधानमन्त्री हुन सेन यही अक्टोबर १४ मा स्वदेश फर्किनुहुने कार्यक्रम रहेको जानकारी पनि गराउनुभएको प्राप्त समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

सम्बन्धित

बिहारमा सामूहिक बलात्कार : २०१२ को दिल्ली काण्डको सम्झना, प्रहरी र अस्पतालको चरम लापरबाही

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

नयाँ कायरोमा एकीकृत शहरी परियोजनाका लागि इजिप्ट र युएईबीच ३.१ अर्ब डलरको सम्झौता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group