ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अब विद्यार्थीलाई कक्षा कोठाको पढाइले मात्र पुग्दैन: प्रधानमन्त्री ओली


admin
२० आश्विन २०७५, शनिबार   ४ : ३३   बजे

काठमाडौं,२० असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा कोठाको पढाइबाट मात्र दक्ष जनशक्ति उत्पादन नहुने बताउनुभएको छ । पूर्वाञ्चल विश्वविद्यालयको २९ औं साधारणसभालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले देशको आवश्यकता अब विद्यालयमा दिइने औपचारिक शिक्षाले मात्र पुरा नगर्ने भएको प्रयोगात्मक र व्यवबहारिक शिक्षा दिनु पर्ने बताउनुभएको छ ।

“अब कक्षा कोठाको पढाइले मात्र पुग्दैन । विद्यार्थीलाई घर गाउँमा,खेतमा नै लगेर शिक्षा दिनु पर्दछ ” प्रधानमन्त्री ओलीले भन्नुभयो । प्रधानमन्त्री ओलीले शिक्षालाई आजको विज्ञान र प्रविधिलाई समेत उपयोग गरेर अघि बढाउनु पर्ने बताउनुभएको छ ।

“शिक्षा र प्रविधिलाई सम्बन्धित गराएर अघि बढाउनु पर्दछ” प्रधानमन्त्री ओलीले भन्नुभयो “यसले गर्दा थोरै जनशिक्तबाट धेरै काम लिन सकिन्छ ।” यस बर्ष देखि सुरु गरिएको निरक्षरता विरुद्धको महाअभियानले आगामी बर्ष सबै बालबालिकालाई विद्यालयमा ल्याइने प्रधानमन्त्रीको दाबी छ ।

“आगामी बर्ष देखि विद्यालय उमेरका कोही पनि बालबालिका विद्यालय बाहिर हुने छैनन्” प्रधानमन्त्री ओलीले भन्नुभयो । प्रधानमन्त्री ओलीले विश्वविद्यालयहरु अब विशिष्टकृत हुने पर्ने बताउनुभएको छ ।

विश्वविद्यालयहरुमा आपसी समन्वय नहुँदा कतिपय ठाँउमा आवश्यकता भन्दा बढी कलेजहरुले सम्बन्धन पाएको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले देशको आवश्यकता अनुसार शिक्षण संस्थाहरु खोल्नु पर्ने बताउनुभयो ।

“शिक्षालाई देशको आवश्यकता अनुसार अघि बढाउनु पर्दछ” प्रधानमन्त्री ओलीले भन्नुभयो । साधारणसभाले आव २०७५-२०७६का लागि प्रस्तावित आयव्यय विवरण,आव २०७१-२०७२ र आव २०७२-२०७३ को लेखा परीक्षण प्रतिवेदन पास गरेको छ ।

यसैगरी आव २०७३-२०७४ र २०७४-२०७५ को लेखा परीक्षक नियुक्त गर्न विश्वविद्यालयलाई अधिकार दिएको छ । साधारणसभामा प्रष्तुत गरिएको अन्य प्रस्तावहरु अर्को बैठकमा छलफल गर्ने गरी आजको साधारणसभा स्थगित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढी : चितवनमा हालसम्म १३५ शव फेला, पहिचानका लागि अस्थायी कक्ष स्थापना

रसुवा बाढी : आफ्ना १८ नागरिक खोज्न तस्बिरसहित घटनास्थल पुगे थाहा नगरप्रमुख

सम्बन्धित

नारायणी किनारमा थप शव भेटिँदै, पश्चिम नवलपरासीमा हालसम्म २६ जनाको शव फेला

बाढी प्रभावित ग्राहकलाई वर्ल्डलिंकको राहत, इन्टरनेट सेवा बन्द नहुने

बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा लुछ्ने दुई जना पक्राउ

भोटेकोसी बाढीका ८६ घाइते विभिन्न अस्पतालमा उपचाररत, ४८ जना डिस्चार्ज

इच्छाराज तामाङसहित १७ जना सहकारी ठगीमा दोषी ठहर

भोटेकोसी बाढीपीडितका लागि एकै दिन २७ करोडभन्दा बढी सहयोग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu