ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लिबियामा छ लाख भन्दा बढी अवैध आप्रवासी


admin
२१ आश्विन २०७५, आइतबार   ५ : ३५   बजे

 एजेन्सी,२१ असोज । लिबियामा छ लाख भन्दा बढी अवैध आप्रवासीहरु रहेको अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आइओएम)ले जनाएको छ । आइओएमले शनिबार सार्वजनिक गरेको प्रतिवेदनमा लिबियामा ४१ देशका आप्रवासीहरु अवैध रुपमा बस्दै आएको उल्लेख छ ।

“गत जुलाई र अगस्ट महिनामा आप्रवासी संगठनले छ लाख ६९ हजार १७६ जना आप्रवासीको पहिचान गरेको छ । यी आप्रवासीहरु लिबियाका झण्डै १०० ओटा नगरपालिकामा बसोवास गरिआएका छन्,” आइओएमले भनेको छ ।

लिबियामा रहेका आप्रवासीमध्ये सबैभन्दा धेरै नाइजर, इजिप्ट, चाड, सुडान र नाइजेरियाका नागरिक रहेका छन् । लिबियामा रहेका आप्रवासीहरु शिविरमा ठूलो भिड लाग्ने गरेको छ । लिबियाका सुरक्षाकर्मीहरुले यी आप्रवासीलाई समुद्रबाट उद्धार गरिएको वा पक्राउ गरिएको हो ।

स्थानीय अधिकारीहरुसँगको सहकार्यमा आइओएमले स्वेच्छिक घरफिर्ती कार्यक्रम सञ्चालन गरिआएको छ । उत्तर अफ्रिकी मुलुकहरुमा सन् २०११ देखि भड्किएको द्वन्द्व र बढ्दो असुरक्षाका कारण भूमध्यसागर पार गरेर युरोप प्रवेश गर्नेहरुले लिबियालाई प्रयोग गर्ने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अन्तर्राष्ट्रिय संस्थाको विज्ञप्तिप्रति कानुनमन्त्रीको आपत्ति, ‘नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप’

ओलीको ‘ग्रीन सिग्नल’पछि कोसीमा हिक्मत कार्कीकै निरन्तरता, आवश्यक परे सामूहिक राजीनामाको सहमति

सम्बन्धित

ब्राजिलमा शरणार्थी आवेदन अस्वीकृत हुनेमा नेपाली पाँचौं, मानव तस्करीको जालो फेरि उजागर

अन्तर्राष्ट्रिय रूपमा चर्चित ट्राओरेमाथि बुर्किना फासोमा किन उठ्दै छ प्रश्न ?

बिहारको ‘भाजपा गढ’मा प्रशान्त किशोरको ऐतिहासिक जित : जातीय राजनीतिलाई चुनौती ?

पहिलोपटक सार्वजनिक हुँदै शेख हसिना

इजिप्टमा ५ म्याग्निच्युडको भूकम्प

ट्रम्पको इरान सम्बन्धी घोषणापछि कच्चा तेलको मूल्यमा गिरावट, सुनको अवस्था के छ ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu