ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उपराष्ट्रपति  पुन र पोल्याण्डका राजदूत बुराखोस्कीबीच भेटवार्ता


admin
२२ आश्विन २०७५, सोमबार   ४ : ०३   बजे


काठमाडौं, २२ असोज । उपराष्ट्रपति नन्दबहादुर पुन.‘पासाङसँग नेपालका लागि पोल्याण्डका गैरआवासीय राजदूत आदम बुराखोस्कीले शिष्टाचार भेट गर्नु भएको छ । आज (सोमबार) अपरान्ह उपराष्ट्रपतिको कार्यालय, बहादुर भवन कान्तिपथमा उपराष्ट्रपतिसँग पोल्याण्डका गैरआवासीय राजदूतले शिष्टाचार भेट गर्नु भएको हो ।

भेटमा उपराष्ट्रपतिले पोल्याण्ड नेपालको असल मित्र राष्ट्र भएको बताउनुभयो । उहाँले नेपाल र पोल्याण्डको सम्बन्धलाई जनस्तरसम्म विस्तार र प्रगाढ बनाउनुपर्नेमा जोड दिनुभयो ।

‘पोल्याण्ड नेपालको असल मित्र राष्ट्र हो । नेपालले पोलिस सरकार र पोलिस जनतालाई महत्वपूर्ण सहयोगीको रुपमा लिंदै आएको छ’, भेटमा उपराष्ट्रपतिले भन्नुभयो, ‘दुई देशबीचको सम्बन्धलाई अझै प्रगाढ र जनस्तरसम्म विस्तार गर्नुपर्दछ ।’
उपराष्ट्रपतिले पोलिस जनता पर्वतारोहणमा धेरै रुची राख्ने आफूले थाहा पाएको उल्लेख गर्नुहुँदै पर्वतारोहणका लागि नेपाल उत्कृष्ट गन्तव्य भएको बताउनुभयो । ‘मैले सुनेको छु की, पोलिस जनता पर्वतारोहणमा धेरै रुची राख्छन्, नेपाल त्यसका लागि आकर्षक गन्तव्य हो,’ उहाँले भन्नुभयो, ‘पर्वतारोहणका लागि नेपाल आउँदा पोलिस जनताको रुची पूरा हुनेछ, नेपालको पर्यटन उद्योगमा सघाउ पनि पुग्ने छ । यसबाट

दुई देशका जनता जनताबीचको सम्बन्ध पनि गहिरो हुन्छ ।’ उपराष्ट्रपतिले भेटमा भूकम्पको बेला गरेको सहयोग, नेपाली विद्यार्थीहरुलाई दिईरहेको छात्रवृत्तिका लागि पोल्याण्डलाई धन्यवाद दिनुभयो । उहाँले पोल्याण्डको श्रम बजारमा नेपाली कामदारहरु विभिन्न माध्यमबाट पुग्ने गरेको बताउनु हुँदै सरकारी प्रयासबाटै नेपाली श्रमशक्ति पोल्याण्ड लैजादा राम्रो हुने बताउनुभयो ।

उहाँले २०१८ को डिसेम्बरमा पोल्याण्डमा हुन लागेको वातावरण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सफलताको लागि शुभकामना दिनुभयो । उपराष्ट्रपतिले पोल्याण्डको १०० औं स्वतन्त्रता दिवसको अवसरमा पोल्याण्ड सरकार, पोलिस जनतालाई बधाई दिनुभयो ।

उपराष्ट्रपतिसँगको भेटमा नेपालका लागि पोल्याण्डका गैरआवासी राजदूत आदम बुराखोस्कीले पोल्याण्ड र नेपालको सम्बन्ध समुमधुर रहेको बताउनुभयो । उहाँले विभिन्न माध्यामबाट दुई देशको सम्बन्ध दिन प्रतिदिन प्रगाढ बन्दै आईरहेको बताउनुभयो ।

भेटमा राजदूतले पर्वतारोहणका लागि पोल्याण्डका धेरै पर्यटक नेपाल आउने गरेको बताउनुभयो । ‘पोल्याण्डका जनता पर्वतारोहणमा रुची राख्छन्, धेरै पोलिस पर्यटक नेपाल आउने गरेका छन्,’ उहाँले भन्नुभयो, ‘मेरो विश्वास छ, आगामी दिनमा अझै धेरै पोलिस पर्यटक नेपाल आउने छन् ।’

राजदूतले पोल्याण्डको अर्थन्त्र निकै माथि गईरहेको बताउनुभयो । उहाँले पोलिस कम्पनीमा नेपाली कामदारहरु पनि रहेको बताउनुभयो । ‘पोलिस कम्पनीमा नेपाली कामदारहरु छन्, पोलिस रोजगारदाताहरु नेपाली कामदार धेरै मन पराउछन्,’ उहाँले भन्नुभयो, ‘दुई देशबीचको पारस्परिक सहमतिका आधारमा नेपाली कामदार पोल्याण्ड लान सकिन्छ ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group