ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकालाई भड्किला कार्यहरु रोक्न चीनको आग्रह


admin
२२ आश्विन २०७५, सोमबार   ५ : ०९   बजे

बेइजिङ, २२ असोज । चीनका विदेशमन्त्री वाङ यीले आफ्ना अमेरिकी समकक्षी माइक पोम्पेओलाई चीन–लक्षित भड्किला कार्यहरु रोक्न आग्रह गर्नुभएको छ । चीनको विश्वव्यापी र घरेलु नीतिमाथि संयुक्तराज्य अमेरिकाले कटुतापूर्ण भत्र्सना गरेलगत्तै चीनको यस्तो प्रतिक्रिया आएको हो ।

बेइजिङमा अमेरिकी विदेशमन्त्री र चिनीया विदेशमन्त्रीबीच भएको वार्तामा दुवै नेताबीच एकअर्काका नीतिमाथि कडा आरोप–प्रत्यारोप भएको बताइएको छ । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ जापान, उत्तर कोरिया र दक्षिण कोरियाको भ्रमण गरी चीन आइपुग्नुभएको थियो ।

बेइजिङको डिआओयुताई गेस्ट हाउसमा भएको भेटवार्तामा चिनीया विदेशमन्त्री वाङले अमेरिकाले दुई देशबीचको पछिल्लो व्यापारिक तनावका विषयमा बढाइचढाइ कुरा गरेको आरोप लगाउनुभएको थियो । यी दुई मुलुकले एकअर्का विरुद्ध अर्बौं डलरका सामानमा करवृद्धिको घोषणा गरेका छन् ।

विदेशमन्त्री वाङले ताइवानका सम्बन्धमा अमेरिकाले एकपछि अर्को कदम चालेको र चीनको सार्वभौमसत्तालाई चोट पुग्ने अन्य धेरै कार्यहरु गर्न थालेको आरोप लगाउनुभयो ।

“यी कार्यहरुले दुवै पक्षबीचको आपसी विश्वासलाई असर पारेको छ, र चीन–अमेरिका सम्बन्धमा नकारात्मक असर पर्न थालेको छ । यो दुवै मुलुकका जनताको चाहना विपरीतको कार्य हो,” विदेशमन्त्री वाङले भन्नुभयो । “हाम्रो चाहना नै अमेरिकाले यी भड्किला कार्यहरु समयमै रोकोस् भन्ने हो । दुवै मुलुकले सहयोगात्मक नीति अवलम्बन गर्नु पर्दछ र द्वन्द्व एवं विरोधको सिलसिला रोक्नु पर्दछ ।”

अमेरिकी उपराष्ट्रपति माइक पेन्सले बिहीबार अमेरिकामा आयोजित एक समारोहमा बोल्दै चीनको सैनिक आक्रामकता, व्यवसाय चोरी तथा मानव अधिकारको बढ्दो उल्लङ्घनका बारेमा तीव्र आलोचना गर्नुभएको थियो । उहाँले आगामी नोभेम्बरमा हुने अमेरिकी चुनावमा चीनले हस्तक्षेप गर्न लागेको आरोप समेत लगाउनुभएको थियो ।

संयुक्तराज्य अमेरिकाले ताइवानलाई हातहतियार बेच्न लागेकामा पनि चीनले आपत्ति जनाएको छ । ताइवानका सम्बन्धमा वासिङटनले चीनको दाबीलाई स्वीकार गरेपनि अमेरिकी उच्च अधिकारीलाई ताइवान भ्रमणमा जाँदा चीनको स्वीकृति लिनु नपर्ने नयाँ नियम प्रयोगमा ल्याइएको छ ।

वाङको धारणाका सम्बन्धमा प्रतिक्रिया जनाउँदै अमेरिकी विदेशमन्त्री पोम्पेओले आफू चीनसँग वार्ता गर्नकै लागि आएको बताउनुभयो । “तपाइँहरुले उठाएका मुद्दाहरुमा हाम्रो आधारभूत रुपमै भिन्न मत छ,” उहाँले भन्नुभयो । “चीनका पछिल्ला कदमहरुमाथि हाम्रो पनि चासो छ र हामीबीचको महत्वपूर्ण सम्बन्धका कारण विवादित विषयमा छलफल गर्न हामीले चाहेका छौं ।”

विदेशमन्त्री पोम्पेओले बेइजिङमा यसै महिना हुनेगरी तय भएको अमेरिकी रक्षामन्त्री जीम म्याटिस र उहाँका चिनीया समकक्षीबीचको भेटघाट स्थगित गरिएको समेत जानकारी दिनुभयो । “दुई मुलुकबीचको रणनीतिक संवाद रोकिएकामा म दुःखित छु, र यसको मुख्य कारण चीन हो,” उहाँले भन्नुभयो ।

तर चिनीया विदेशमन्त्री वाङले तत्काल प्रतिक्रिया जनाउँदै भन्नुभयो, “यो रणनीतिक संवाद चीनले रद्द गरेको छैन । मैले सही कुरा बताइरहेको छु ।”

यद्यपी उत्तर कोरियाको आणविक महत्वाकाँक्षालाई नियन्त्रणमा राख्ने विषयमा दुवै नेताले सकारात्मक धारणा राख्नुभएको थियो । चीनले उत्तर कोरियामाथि लागेका आर्थिक प्रतिबन्धहरुमा खुकुलो गर्न आग्रह गरेको थियो ।

चिनीया विदेशमन्त्री वाङले उत्तरका सम्बन्धमा बेइजिङ र वासिङटनबीच सञ्चार र सहयोगलाई बढावा दिनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुरूङको उद्धारका लागि भारतीय टोली परिचालन भयो, चीनको आउँदैछ : परराष्ट्रमन्त्री

त्रिशूली–३ ‘ए’ सुरुङमा फसेकाको उद्धारमा महत्वपूर्ण प्रगति, माथिल्लो भागमा प्वाल बनाएर हावा पठाउन सुरु

सम्बन्धित

नेपालमा फसेका भारतीयको उद्धार तीव्र बनाउन मोदीलाई खड्गेको आग्रह

ल्हेन्दे–भोटेकोशी विपत्तिको कारण उच्च हिमाली क्षेत्रमा हिमनदी भत्किनु : चीन

नेपालले भारत र चीनसँग माग्यो ४२ वटा बेलिब्रिज

चीनले नेपालमा आपत्कालीन सहायता र अन्तर्राष्ट्रिय उद्धार सहकार्य गर्ने

नेपालका लागि बार्सिलोना र एथ्लेटिक क्लबको ऐक्यबद्धता, खेलअघि एक मिनेट मौनधारण

नर्वेका राजा हेराल्ड पाँचौँको ८९ वर्षको उमेरमा निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu