ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

घर छैन, कहाँ मान्ने दशैँ ? छोरी, ज्वाइँ आउँछन् कहाँ राख्ने, के खुवाउने ?


admin
२४ आश्विन २०७५, बुधबार   ३ : ११   बजे

बागलुङ, २४ असोज । यसपालि बसिमाया परियारलाई दशैँ दशा बनेर आएको छ । गएको वर्षायाममा घरबास गुमाउनुभएकी ५२ वर्षीया परियारलाई एउटै कुराको पिरलो छ, दशैँ कहाँ मान्ने रु दुुःखी हुँदै उहाँले भन्नुभयो, “छोरी, ज्वाइँ आउँछन् कहाँ राख्ने, के खुवाउने ?” चाडबाडको मुखमा यस्तो पीडा भोग्नेमा उहाँ मात्र एक्लो हुनुहुन्न । 

काठेखोला गाउँपालिका–५ बिहुँ काउलेका १४ परिवारको व्यथा समान छ । गत असार ११ गतेको भीषण वर्षाले गाउँ भासिएपछि काउलेका बासिन्दा विस्थापित बनेका हुन् । १३्र दलित र एक जनजाति परिवारका ४६ सदस्य अहिले छिमेकीको आश्रयमा छन् । इन्द्रबहादुर परियारले यसपालि दशैँमा आफ्नो आँगन, दैलो टेक्न पाउने हुने छैन ।

दुबईबाट दशैँमा घर आउन लाग्नुभएका परियारकी श्रीमती सुमित्रा र तीन छोरा आफन्तको घरमा बस्छन् । “घरगोठ सबै भत्कियो, गरेर खाने बारी पनि चिराचिरा छ” सुमित्राले दुःखेसो पोख्नुभयो । १६ महीने काखको छोरा अमितसँगै तीन छोरा साथमा लिएर उहाँ अहिले विस्थापनका कष्टपूर्ण दिन काटी रहनुभएको छ ।

विस्थापित बनेकामध्ये अधिकांश परिवार कोठा भाडामा लिएर दुःखजिलो गरी बसेका छन् । दैनिक मजदूरी गरेर जीविका चलाउने परिवार थातथलो नै गुमेपछि विचल्लीमा परेका हुन् । घरगोठ, खेती गर्नलाई भएको सानो जमीन पनि खण्डमा परिणत भएको छ । ७२ वर्षीय डिलबहादुर परियारले खाइनखाई रु दुई लाख खर्चेर बनाएको घर गुमाउनुपरेको बताउनुभयो ।

सत्तरी वर्षीया श्रीमती बिजुला परियारको साथमा उहाँ पनि छिमेकीको घरमा भाडामा बस्नुहुन्छ । “महीनाको रु एक हजारमा बसेका छौँ”, उहाँले भन्नुभयो, “सरसामान, लत्ताकपडा, खाने, सुत्ने सबै एउटै कोठामा छ ।” महीनौँ बित्दासमेत विस्थापित परिवारले उचित क्षतिपूर्ति पाउन सकेका छैनन् । पुनःस्थापनाको लागि पहल अघि बढे पनि ठोस काम हुन सकेको छैन ।

घरबाससँगै खेती कमाउने जग्गा पनि गुमेपछि विस्थापित परिवार चरम समस्यामा परेका हुन् । “बिहान, बेलुकाको छाक टार्नै धौ–धौको अवस्था छ” विस्थापित हीराकुमारी पुनले भन्नुभयो, “राहत र पुनःस्थापनाको लागि आश्वासन मात्र आउँछ ।” सरकारी निकायका पदाधिकारी र स्थानीय जनप्रतिनिधिले नआत्तिनुस् हामी छौँ भनेर ढाडस मात्रै दिने गरेको विस्थापितको गुनासो छ ।

“आशैआशमा यत्रो महीना बित्यो, सबै आउँदा, भेट्दा केही पाउने भइयो भन्ने लाग्छ” विस्थापित बसिमाया परियारले भन्नुभयो । वडाध्यक्ष शिव कँडेलले प्रारम्भिक चरणको राहत बाँडे पनि क्षतिपूर्ति र पुनःस्थापनामा ढिलाइ भएको स्वीकार गर्नुभयो । विस्थापित परिवारको लागि बस्ती बसाल्न सुरक्षित ठाउँमा जग्गा खोज्ने प्रक्रिया अघि बढेको उहाँको भनाइ छ ।

सोही वडाको सिर्पाली र लामराती भन्ने ठाउँमा जग्गा हेर्ने काम भइरहेको जनाइएको छ । चौध घर बनाउन करीब रु २५ लाख मूल्य बराबरको जग्गा व्यवस्थापन गर्नुपर्ने आवश्यकता छ । जग्गा खरीदकै लागि बिहुँकोट समाज जापानले आर्थिक सङ्कलन अभियान थालेको छ । उक्त अभियानबाट हालसम्म रु चार लाख उठेको जनाइएको छ ।

अन्य क्षेत्रबाट पनि सहयोग जुट्ने क्रम शुरु भएको वडाध्यक्ष कँडेलले बताउनुभयो । गुल्मी समाज जापानबाट पनि रु एक लाख २० हजार राहत जुटेको छ । उक्त रकम दशैँ खर्चस्वरुप विस्थापित परिवारलाई सोमबार वितरण गरिएको थियो । तत्कालै अस्थायी टहरा बनाएर विस्थापितलाई राख्ने गाउँपालिकाको प्रतिबद्धता भने पूरा हुने सकेको छैन ।

दीर्घकालीन पुनःस्थापनाको लागि समय लाग्ने हुँदा अस्थायी संरचना बनाउने योजना गाउँपालिकाको थियो । गाउँपालिका अध्यक्ष अम्मर थापाले जग्गा व्यवस्थापन हुन नसक्दा समस्या भएको बताउनुभयो । “सार्वजनिक जग्गामा राख्दा समस्या निम्तने हुँदा सकभर निजी जग्गा खोज्नुस् भनेका छौँ” उहाँले भन्नुभयो, “जग्गा भयो भने घर बनाउन गाउँपालिकाले आवश्यक सहयोग गर्छ ।”

जग्गा भएको खण्डमा जनता आवास कार्यक्रमबाट पनि घर निर्माण गर्न सकिने बताइएको छ । मध्यपहाडी पुष्पलाल लोकमार्ग छेउ काउलेको जमीन धसिदा लोकमार्ग पनि जोखिममा छ ।

भू–गर्भविद्को टोलीले पनि स्थलगत अवलोकन गरी काउलेमा बस्ती राख्न नमिल्ने निष्कर्ष निकालेको थियो । जमीन भासिन थालेपछि पहिरोको डरले गाउँले बेलैमा सुरक्षित ठाउँतिर लागेका कारण त्यतिबेला कुनै मानवीय क्षति भने हुन पाएन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group