ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रुसी विपक्षी नेता नाभाल्नी थुनामुक्त


admin
२८ आश्विन २०७५, आइतबार   १२ : २६   बजे

मस्को, २८ असोज । रसियाको राजधानी क्रेमलिनमा विरोध प्रदर्शन आयोजना गरेको भन्दै तीन साताअघि पक्राउ परेका रसियाका विपक्षी नेता अलेक्सी नाभाल्नी आइतबार थुनामुक्त हुनुभएको छ ।

मस्कोको दक्षिणमा रहेको एक कारागारबाट आइतबार बिहानै मुक्त गरिएका ४२ वर्षीय नाभाल्नीले पत्रकारसँग सङ्क्षिप्त कुरा गर्दै विगत ५० दिनदेखि कारागारमा थुनिएको घटनाले के कुरा प्रमाणित गरेको छ भने राष्ट्रपति भ्लादिमिर पुटिनको सत्ता पूर्णरुपमा पतनको स्थितिमा पुगेको बताउनुभयो ।

नाभाल्नीले मस्कोको गुप्तचर निकाय विदेशमा असफल भइसकेको तथा स्वदेशमै पनि रुसी अन्तरिक्ष यानको प्रक्षेपण असफल भएको दृष्टान्त दिनुभयो ।

“कसै कसैले गिरफ्तार गरेर हामीलाई तर्साउन वा रोक्न सकिन्छ भन्ने सोचेका होलान् त्यो कदापी सम्भव छैन,” आफूलाई सहयोग गर्नेहरुप्रति धन्यवाद दिँदै उहाँले भन्नुभयो ।

रसियाको सत्ताको विरोधमा प्रदर्शन गरेबापत सेप्टेम्बरमा नाभाल्नीलाई ३० दिन थुनामा राखिएको थियो । तर थुनामुक्त भएलगत्तै प्रहरीले उहाँलाई अर्को प्रदर्शनको अभियोगमा गिरफ्तार गरेको थियो । अवकाश उमेर वृद्धि गर्ने क्रेमलिनको योजनाको विरोधमा पछिल्लो प्रदर्शन आयोजना गरिएको थियो ।

रुसी राष्ट्रपतिका पछिल्ला कार्यक्रम र नीतिहरुप्रति आमजनतामा व्यापक असन्तुष्टी रहनुका साथै उहाँको लोकप्रियता समेत खस्किएको छ । गत महिना रुसमा सम्पन्न दुईवटा क्षेत्रीय चुनावमा समेत सत्तारुढ युनाइटेड रसिया पार्टी पराजित भएको थियो ।

रुसी अधिकारीहरुले नाभाल्नीमाथि फौजदारी मुद्दा लगाउन सक्ने उहाँका समर्थकहरुले आशङ्का गरेका छन् । यस्तो अवस्थामा नाभाल्नीमाथि लामो काराबास सजाय हुन सक्नेछ ।

एम्नेस्टी इन्टरनेसनलले नाभाल्नी अस्थाका बन्दी रहेको र उहाँले कुनै अपराध नगरेको जनाएको छ ।

नाभाल्नी सन् २०११ र २०१२ मा पुटिनको विरोधमा ठुल्ठूला विरोध प्रदर्शन आयोजना गरेर चर्चामा आउनुभएको हो । संसदीय चुनावमा धाँधली भएको आरोप नाभाल्नीको छ । साथै उहाँले रुसमा भ्रष्टाचार विरोधी अभियानलाई तीव्र बनाउनु भएको छ । यो अभियानमा युवाको सक्रिय र व्यापक समर्थन रहेको छ ।

पछिल्लो काराबाससँगै उहाँकी १७ वर्षीया छोरी डारियाले युट्युब कार्यक्रम “मेरो पिढींको आवाज” सञ्चालन गर्नु
भएको छ । मार्चमा भएको राष्ट्रपतीय निर्वाचनमा पुटिनका विरुद्धमा उठ्न नाभाल्नीलाई रोकिएको थियो ।

चौथो कार्यकालका लागि पुटिनको सपथग्रहण हुँदा विरोध प्रदर्शन आयोजना गरेको भन्दै नाभाल्नीलाई एक महिना थुनामा राखिएको थियो ।

अमेरिकाको येले विश्वविद्यालयबाट कानुनमा स्नातक गरेका र छोटो समयमा प्रमुख विपक्षी नेताको रुपमा उदाएका नाभाल्नीमाथि सत्तापक्षले एकपछि अर्को आरोप लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अन्तर्राष्ट्रिय संस्थाको विज्ञप्तिप्रति कानुनमन्त्रीको आपत्ति, ‘नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप’

ओलीको ‘ग्रीन सिग्नल’पछि कोसीमा हिक्मत कार्कीकै निरन्तरता, आवश्यक परे सामूहिक राजीनामाको सहमति

सम्बन्धित

ब्राजिलमा शरणार्थी आवेदन अस्वीकृत हुनेमा नेपाली पाँचौं, मानव तस्करीको जालो फेरि उजागर

अन्तर्राष्ट्रिय रूपमा चर्चित ट्राओरेमाथि बुर्किना फासोमा किन उठ्दै छ प्रश्न ?

बिहारको ‘भाजपा गढ’मा प्रशान्त किशोरको ऐतिहासिक जित : जातीय राजनीतिलाई चुनौती ?

पहिलोपटक सार्वजनिक हुँदै शेख हसिना

इजिप्टमा ५ म्याग्निच्युडको भूकम्प

ट्रम्पको इरान सम्बन्धी घोषणापछि कच्चा तेलको मूल्यमा गिरावट, सुनको अवस्था के छ ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu