एजेन्सी २८ असोज । भारतका केन्द्रीय मन्त्री एमजे अकबरले राजीनामा दिएका छन् । कैयौँ महिला पत्रकारहरुले यौन उत्पीडनको आरोप परेका अकबरले मुख्य सचिव नृपेन्द्र मिश्रालाई इमेलमार्फत राजीनामा दिएका हुन् ।
उनले राजीनामा दिँदै विदेशमन्त्री सुषमा स्वराजसँग भेट्न समय पनि माग गरेका छन् । सामाजिक सञ्जालमा चलिरहेको ‘मि टू’ अभियान अन्तर्गत महिला पत्रकारहरुले मन्त्री तथा पूर्व पत्रकार एमजे अकबरमाथि यौन हिंसाको आरोप लगाएका थिए ।
यी आरोपका बारेमा मन्त्री अकबरले अहिलेसम्म प्रतिक्रिया नदिएको बताइएको छ । मन्त्रीमाथि नै यौन उत्पीडनको आरोप लागेपछि बीजेपी नेतृत्व सरकारको कडा आलोचना भइरहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्