काठमाडौं,२८ असोज । काठमाडौंको टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई घुससहित पक्राउ गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आइतबार अधिकृत कृष्णप्रसाद सुवेदीलाई १ लाख रुपैयाँ घुस रकम सहित कार्यालयबाटै पक्राउ गरेको हो ।
उनले उपभोक्ता समितिमार्फत निर्माण गरिएको सडकको अन्तिम बिल भुक्तानी गर्ने प्रयोजनको लागि घुस मागेको आयोगले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्